"स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

Correction, replaced: को → को (20), मा → मा (8)
सा हिज्जे, typos fixed: लाई → लाई, द्वारा → द्वारा (2), हरु → हरु
पङ्क्ति ५:
ई.सं. १९९०को प्रारम्भ देखि नै, स्वतन्त्र सफ्टवेयर समुदायमा वादविवाद भएदेखि , "स्वतन्त्र सफ्टवेयर" (अङ्ग्रेजीमा Free and Open Source Software र संक्षिप्तमा FOSS)को पर्यायवाची शब्दहरु प्रयोगमा आइसकेका थिए । "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्द रिचर्ड स्टलम्यान (Richard Stallman) द्वारा १९८३मा स्वतन्त्र सफ्टवेयर अभियान शुरु गर्दा परिभाषित गरिएको थियो । स्वतन्त्र सफ्टवेयरको परिभाषाको अभिलेख जनवरी १९८९ देखि पाउन सकिन्छ । स्वतन्त्र सफ्टवेयरलाई सारांशीकरण गर्दा एक यस्तो सफ्टवेयरको रुपमा बुझ्न सकिन्छ जसले आफ्नो प्रयोगकर्तालाई कुनै पनि प्रायोजनकालागि उक्त सफ्टवेयर प्रयोग गर्ने, सफ्टवेयरको श्रोत (Source Code) अध्ययन गर्ने, आफ्नो कार्य र आवश्यकता अनुसार उक्त सफ्टवेयरलाई परिवर्तन गर्ने तथा उक्त सफ्टवेयरको परिवर्तित वा अपरिवर्तित रुपलाई वितरण गर्ने स्वतन्त्रता र अधिकार प्रदान गर्दछ । अङ्ग्रेजी शब्द "Free" सँग यस सफ्टवेयरको नाम शाब्दिक रुपमा बाझ्न गएको हुदाँ, अन्योलको स्थिति हटाउन विभिन्न संस्था र मानिसले यस नामको सट्टामा अरु नाम प्रस्तावना गरेका छन् ।

"खुल्ला श्रोत सफ्टवेयर", "Software Libre", "FLOSS (Free/Libre/Open Source Software)", "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" आदि केही प्रचलित पर्याय हरुपर्यायहरु हुन । यी मध्ये सबै भन्दा प्रचलित नाम "खुल्ला श्रोत सफ्टवेयर" हो ।

यी विभिन्न नामका प्रयोगकर्ताहरु मूलतः उस्तै अनुज्ञप्ति (license), सफ्टवेयर विकास ढाँचा लाई अभिव्यक्त गर्छन्, तर, रिचर्ड स्टलम्यानका अनुसार यी नामका प्रयोगकर्ताहरु यी नामहरुसँग गाँसिएको दर्शन/शास्त्र का अनुरुप फरक छन् । केही प्रयोगकर्ताहरुले "स्वतन्त्र (libre)" (स्वतन्त्र अभिव्यक्तिमा "स्वतन्त्र"को अस्तित्वजस्तो) वा "निःशुल्क (gratis)" (निःशुल्क बियरमा "निःशुल्क"को अस्तित्वजस्तो)को प्रयोग गरेर स्वतन्त्र शब्दसँग गाँसिने भ्रमपूर्ण स्थितिको निराकरण गर्दछन् । धेरैजसो यी नाम/शब्दहरु सफ्टवेयर स्वतन्त्रता अभियानको परिपेक्ष्यमा प्रयोग गरिन्छन् र बिस्तारै सामान्य प्रयोगमा आउन लागेका छन् । रिचर्ड स्टलम्यानले "FLOSS" र "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर"को प्रयोग "खुल्ला श्रोत सफ्टवेयर" र "स्वतन्त्र सफ्टवेयर"को जोड वा योजनको रुपमा भनेर दिन्छन् । दुबै पक्ष मध्ये अत्यावश्यक तवरले कुनैलाई नछानि प्रयोग गर्ने सल्लाह स्टलम्यानले दिन्छन् तर साथै "स्वतन्त्र सफ्टवेयर" पक्षलाई आत्मसाथ गर्ने तथा समर्थन गर्ने आग्रह पनि गर्दछन् ।
पङ्क्ति २५:

= गौण शब्द/पदहरु =
FOSS लाईFOSSलाई परिभाषित गर्ने तथा जानकारी दिने लेखिँदै गरेको बेलामा नै F/OSS भन्ने अर्को संक्षेप आइसकेको थियो । यो संक्षेप अमिगा कम्प्युटर खेलसँग सम्बद्ध युजनेट समाचारसमूह (Usenet Newgroup)मा आइसकेको थियो । अर्को संक्षेप OSS/FS हो तर यसको प्रयोग डेविड ए. ह्विलर (David A. Wheeler)को लेख बाहिर त्यति प्रयोगमा देखिँदैन ।

FOSSको लागि अर्को संक्षेप Free/Open Source Software/Code (FOSSC) पनि हो र यस संक्षेपको निर्माण एवं प्रयोग भारतको नयाँ दिल्लीमा स्थित सफ्टवेयर लेखकले गरेका हुन् ।
पङ्क्ति ३७:
माथि उल्लेखित कुनै पनि शब्द वा संक्षेपलाई वा "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्दलाई कसैले पनि ट्रेडमार्क (Trademark) गरेको छैन । खुल्ला श्रोत पहलका ब्रुश पेरेन्श (Bruce Perens) ले "खुल्ला श्रोत" भन्ने शब्दलाई खुल्ला श्रोत सफ्टवेयरको सेवा चिन्ह (Service Mark) का रुपमा संयुक्त राष्ट्र अमेरिकामा दर्ता गराउने प्रयास गरेका थिए तर ट्रेडमार्क गुणस्तर पूरा नगरेको पक्षमा उनको दरखास्तलाई खारेज गरिएको थियो । खुल्ला श्रोत पहल (OSI) ले "OSI Certified" भन्ने ट्रेडमार्क प्रयोग गर्दछ, तर आवश्यक कागजी कार्यवाही पूरा नगरेको हुनाले संयुक्त राष्ट्र अमेरिकाको प्याटेन्ट तथा ट्रेडमार्क शाखाले उक्त ट्रेडमार्कको दरखास्तलाई "छोडिएको (abandoned)" श्रेणीमा राखेको छ ।

"स्वतन्त्र सफ्टवेयर" सफ्टवेयर स्वतन्त्रता अभियान र "खुल्ला श्रोत सफ्टवेयर" खुल्ला श्रोत सफ्टवेयर पहल जस्ता संस्थासँग गाँसिएको भएतापनि यसका बाहेकका अरु शब्द वा संक्षेपको स्वामित्व वा सम्बन्धनका बारेमा कुनै पनि समूहले दाबी गरेको छैन । तर यसले कुनै पनि भ्रामक स्थिति सृजना गरेको छैन किनभने सफ्टवेयर स्वतन्त्रता अभियान तथा खुल्ला श्रोत सफ्टवेयर पहल द्वारापहलद्वारा प्रकाशित गरिएका परिभाषा(हरु) प्रयोगात्मक रुपमा मूलतः एक नै हुन् ।

माथि उल्लेखित कुनै पनि शब्दलाई एक का सट्टामा अर्कोलाई प्रयोग गर्न सकिन्छ । कुनै एक शब्दको रुचिको कारण पूर्णतया राजनैतिक (उक्त शब्दसँग गाँसिएको समूहलाई समर्थन गर्नु) वा प्रयोगात्मक (एउटा शब्दलाई अर्कोको तुलनामा बढी स्पष्ट पाउनु) हो ।
पङ्क्ति ४९:
यस लेखमा उद्‌घृत गरिएका मध्ये धेरै जसो सफ्टवेयर अनुप्रयोगहरु साना अनुज्ञप्ति समूहमा पर्दछन् । ५० - ७०% सफ्टवेयरहरु GNU General Public License (GNU GPL) अन्तर्गत पर्दछन भने बाँकी रहेका अन्य सफ्टवेयर उत्पादहरु GNU Lesser General Public License (GNU LGPL), BSD License, Mozilla Public License, MIT License, तथा Apache License अन्तर्गत पर्दछन् । यी सबै अनुज्ञप्तिहरुको भागमा २% देखि १०% सफ्टवेयर पर्दछन् ।

यस लेखमा उद्‌घृत गरिएका केही सफ्टवेयर उत्पादहरु छुट्टै समूह - Public Domainमा पर्दछन् । यस समूहमा रहेको सफ्टवेयरको चल्ने रुप (Executable version) तथा श्रोत (Source Code) कुनै पनि प्रतिलिपी अधिकार कानुन/ऐन द्वाराऐनद्वारा प्रतिबन्धित छैन तथा स्वतन्त्र सफ्टवेयर कहलाउनका लागि स्वतन्त्र सफ्टवेयर अनुज्ञप्ति चाहिँदैन ।

= यी पनि हेर्नुस =