"दुर्गा सप्तशती" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, replaced: ेे → े
correction, replaced: उपरोक्त → उपर्युक्त using AWB
पङ्क्ति ७:
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
 
अर्थात् [[जयन्ती]], [[मंगला]], [[काली]], [[भद्रकाली]], [[कपालिनी]], [[दुर्गा]] ,[[क्षमा]], [[शिवा]],[[धात्री]], [[स्वहा]], [[स्वधा]] नामले प्रशिद्ध तपाईंलाई नमस्कार छ । उपरोक्तउपर्युक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ । साथै विजयादशमीका दिन टीका लगाई आशीर्वाद दिँदा पनि उक्त श्लोकको उच्चारण गर्दै शक्ति स्वरुपिणी भगवती दुर्गाको स्मरण गर्ने परम्परा छ । श्लोकमा उल्लेखित देवीका ११ नामको अर्थ पनि बेग्लाबेग्लै छन् । यी नामहरूका सन्दर्भमा धार्मिक विश्वास र आस्थाअनुरूपको किंवदन्तीहरू प्रचलित छन् ।
 
दुर्गासप्तशतीको पारम्भमा ऋग्वेदीय देवीसूक्त रहेको छ । यसमा देवीको महìव दर्शाइएको छ । देवीको महत्ता, नीतिसँग सम्बन्धित कुरा, राष्ट्रियता, साम्राज्यवादी असुरहरूको विरोधको कुरा यस कृतिमा दर्शाएको छ । दुर्गा सप्तशतीमा आर्य जातिको सङ्गठन शक्तिको विधान बन्न सक्ने गरी प्रस्तुत छ । यसमा सङ्गठित शक्तिको विशेष वर्णन छ । भनिन्छ-यसमा राजनैतिको मुख्य सिद्धान्त शक्ति विज्ञान छ र् प्रत्येक व्यक्तिलाई संसारमा कुशलतापूर्वक सभ्य जीवन बिताउन सक्ने राजनैतिक विज्ञानको ज्ञान यसबाट उपलब्ध हुन्छ |