"अम्ल वर्षा" का संशोधनहरू बिचको अन्तर

सा
maintenance, replaced: िि → ि, ्ा → ा (5)
(→‎अम्ल वर्षा को निवारण का उपाय: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: वाँ using AWB (7794))
सा (maintenance, replaced: िि → ि, ्ा → ा (5))
 
== अम्ल वर्षा का कारण ==
कोइला, डिजेल वा पेट्रोल जल्दा त्यहाँबाट कार्वन डाई अक्साईड को अलावा सल्फर डायोअक्साइड र नाइट्रोजन डायोअक्साइड उत्पन्न भएर हावामा फैलिने गर्छ । यी ग्यासहरू हावामा भएका जलवाष्पसँग मिसिने गर्दछन् र यसबाट अम्ल अर्थात् एसिडको निर्माण हुन पुग्छ । हावामा मिसिएका कारण सजिलै तिनीहरू धेरै दूरीसम्म पनि फैलिन सक्छन् र अन्ततः जमिनमा अम्ल वर्षको रूपमा वर्षने गर्छन् । कहिलेकाहँ िितनीहरूितनीहरू असिना, हिउँ र हुस्सुमा समेत परिणत भएर जमिनमा खस्ने गर्छन् ।
 
== अम्ल वर्षा का परिणाम ==
अम्ल वर्षा भएको पानी ताल र स-साना खोलाहरूमा धेरै मिसियो भने त्यहाँ भएका माछा तथा अन्य जीव र वनस्पतिहरू समेत नष्ट हुन पुग्छन् । साथै यसले जमिनमा भएको वनस्पतिलाई पनि क्षति पुर्‍याउने गर्दछ । यसले अन्नबालीलाई समेत नष्ट पारिदिन्छ । भनिन्छ सन् १९८४ मा जर्मनीमा भएको अम्ल वर्षाले त्यहाँको ब्ल्याक फरेष्ट -घना कालो जङ्गल) नामक जङ्गलको आधा भाग नष्ट गरेको थियो । अम्ल वर्ष खानेपानीमा मिसियो भने यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउन सक्छ । साथै अम्ल वषर्ाकोवषराको कारणले ऐतिहासिक सम्पदा र धरोहरहरूमा समेत क्षति पुग्न सक्छ । विश्वका कतिपय यस्ता सम्पदाहरूमा अम्ल वषर्ालेवषराले क्षति पुर्‍याएको उदाहरण छ । वैज्ञानिक अध्ययनबाट पत्ता लागेअनुसार अम्ल वर्षा भएपछि माटोमा रहेको आल्मुनियमलाई विषालु पदार्थमा परिणत गरिदिन्छ । यो विषालु पदार्थले वनस्पतिको जरालाई नष्ट पारिदिन्छ र वनस्पतिहरू मर्ने गर्छन् । यो पदार्थ बगेर ताल वा खोलाको पानीमा मिसिन पुग्यो भने यसले त्यहाँ भएका माछा र अन्य प्राणीका साथसाथै त्यहाँको वनस्पतिलाई समेत नष्ट पारिदिन्छ ।
 
== अम्ल वर्षा को निवारण का उपाय ==
अम्ल भएका ग्यासहरू धेरैजसो औद्योगिक कलकारखानाहरूबाट उत्सर्जित हुने गर्छन् । पेट्रोल र डिजेलबाट चल्ने विभिन्न सवारी साधनहरूबाट निस्कने धुवाँमा पनि त्यस्ता ग्यासहरूहरू हुन्छन् । त्यसैले अम्ल वषर्ाकोवषराको रोकथाम गर्ने हो भने यस्ता कल- कारखानाबाट धुौं निस्कने चिम्निमा फिल्टर जडान गर्नुपर्दछ । त्यस्तै सवारी साधनहरूमा 'क्याटलाइटिक कन्भर्टर' लगाउन सकिन्छ । जसले सल्फर डायोअक्साइडलाई हावामा मिसिनबाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याउँछ । अम्ल वषर्ालेवषराले कुनै भौगोलिक सिमानाको ख्याल गर्दैन । जताजता हावाले लैजान्छ त्यतै यो पुग्ने गर्छ । पूर्वी क्यानडा र उत्तरपूर्वी अमेरिकामा हुने अम्ल वषर्ाकोवषराको मुख्य कारण अमेरिकाको मध्यपश्चिम भागमा रहेका कारखानाहरूलाई मानिएको छ । त्यस्तै स्काण्डिनेभियन मुलुकहरूमा हुने अम्ल वर्षा बेलायतबाट आएको मानिन्छ । यस्तै चीनमा औद्योगिक क्रान्ति र कोइलाको अत्यधिक प्रयोग भएका कारण देशको ४० प्रतिशत भाग अम्ल वर्षा बाट प्रभावित भएको बताइन्छ । अम्ल वर्षा को सबैभन्दा नकारात्मक पक्ष के हो भने यसको असर दीर्घकालसम्म रहिरहन्छ ।यहाँसम्म कि हामीले अम्ल वर्षा तत्कालको लागि रोक्न सक्यौँ भने पनि त्यसको असर वर्षौँ पछिसम्म देख्न सकिन्छ । त्यसैले पहिले नै यसबाट बच्ने प्रयास गर्नुपर्छ भन्ने वैज्ञानिक अवधारणा रहिआएको पाइन्छ ।
 
* [[वातावरण शास्त्र]]
३२,२५५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/165997" बाट अनुप्रेषित