"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हिज्जे सच्चाउँदै, replaced: दोस्रो → दोश्रो |
→समुद्रमथन: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: भाई → भाइ using AWB (7794) |
||
पङ्क्ति ४:
==समुद्रमथन==
स्वर्गका राजा ईन्द्र एक दिन ऐरावत हात्तीमा स्वार भएर सैर गर्दै थिए अचानक उनको भेट महर्षी[[दुर्बाशा]]सँग हुन गयो। दुर्बाशा ऋषिले देवराजको स्वागातार्थ आफ्नो गलाको माला निकालेर दिँदा भए। देवराज ईन्द्रले माला आफुले न पहिरेर ऐरावत गजलाई पहिराई दिए। ऐरावत मत्था भएर झुलिरहेको थियो अत: माला चुटेर भुईँमा खस्यो र ऐरावत हात्तीको खुट्टा मुनी कुल्चियो। यो देखेर दुर्बाशा ऋषी क्रोधित भएर देवराज ईन्द्रलाई घमंड गरेको भनी राज्य पदच्युतको श्राप दिए। श्रापका कारण स्वर्गमा दैत्यहरुले कब्जा जमाए। दैत्यराज बली स्वर्गका राजा भए। त्यसपछी सँधै जसो देव दानवमा युद्ध हुन थाल्यो देवताहरु सँधै हार्दै गए। एक दिन देवताहरु साह्रै दु:खी भएर ब्रह्माजी ठाउँ गएर प्रार्थना गरे "हे सृष्ठीकर्ता प्रभु ! दानवहरुले पुरा स्वर्ग नै सखाप पार्न थाले दैत्यराज बलिले उल्टो नियम चलाएर हजुरको सृष्ठी विनास गर्दै छन्। कोही उपाए सोच्नु होस् नत्र हजुरको सृष्ठी विनास हुने बखत आयो।" यती सुनेर ब्रह्माजीले सबैलाई विष्णु भए ठाउँ जाने सल्लाह दिए। त्यसपछी ब्रह्माजी सहित देवताहरु भगवान विष्णुको वासस्थान वैकुण्ठ धाम गए। देवताहरुले भगवान विष्णुको प्रार्थना गरेर सबै वृतान्त सुनाए। यो सुनेर भगवान विष्णुले दैत्यहरु सँग मेल गरी समुन्द्र मथनको राय दिए।
समुद्र मथनमा देवता र दानवहरु मिलेर बासुकी नागको [[नेती]] र मन्दराचल पर्वतको [[मथानी]] बनाएर क्षिर सागरलाई दही मथे जस्तै गरी मथ्नु पर्नेछ र यसरी मथिएमा सागरबाट [[अमृत]]को उत्पत्ती हुनेछ। अमृतको प्राप्ती पछी देवताहरुले अमृत खाएर दैत्यहरुसँग युद्ध गरी दानवहरुलाई मारेर पुन: स्वर्ग प्राप्ती हुने कुरा भगवान बिष्णुले बताए। यो उपाय पाए पछी देवताहरु दैत्य राज बली भएको ठाउँमा गएर भनेकी "महाराज! हामी एउटै बाबु [[कश्यप]] ऋषिका सन्तान हौँ। केवल हाम्री आमाहरु फरक भएकाले हामी सौते
==कूर्म अवतार==
मन्दराचल पर्वत समुन्द्रको गहिराईमा डुब्न लाग्यो। यो देखेर देव दानवहरु फेरी बिष्णुको शरण लिन पुगे। भगवान विष्णुले पनि कछुवाको रुप धारण गरेर पर्वतलाई आफ्नो पिठमा अड्काए। समुन्द्र मथन बाट सबै भन्दा पहिले हलाहल नामको बिषको उत्पत्ती भएको थियो हलाहल बिषको असर देवताहरुले सहन सकेनन्। भगवान [[शिव]]ले त्यो हलाहल बिष सबै पिए। शिवले हलाहल खाए पछी उनको घाँटी निलो पर्न गयो। त्यसैले शिवलाई निलकण्ठ भनिएको हो। यसै गरी समुद्र मथन बाट धनकी देवी [[लक्ष्मी]], काम धेनु, रम्भा नामकी [[अप्सरा]], उच्चश्रवा घोडा, भगवान विष्णुको गलामा पहिरिएको कोस्तुभमणी, पारीजात कल्प वृक्ष, आदी 13 रत्न पछि अमृतको उत्पत्ती भएको थियो।
|