"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण using AWB (7794)
सा हिज्जे सच्चाउँदै, replaced: दोस्रो → दोश्रो
पङ्क्ति २६:
लीका यस्ता अनेकन कार्यक्रमले गर्दा सिङ्गापुरेहरू सुशिक्षित तथा सुसूचित मात्र भएनन् उनीहरूले उच्च जीवनस्तर, उच्च स्वास्थ्य हेरचाह, बसोबास तथा लामो जीवन पाएर सन् १९८० सम्म आइपुग्दा उनीहरूले गुणस्तरीय जीवन जीउन पाए त्यतिमात्र हैन उनले महिला मुक्तिका लागि पनि अनेक सुधार गरे । श्रम स्थिरता कायम गर्नुका साथै तिनका जीवनस्तर उठाइदिएर उनको पथ प्रदर्शनमा प्रचुर प्राकृतिक स्रोतको कमीका बाबजुद सिङ्गापुर आर्थिक तथा औद्योगिक शक्तिगृह भएको छ ।
 
देश विकासको पहिलो पक्ष त अधिकारवाला नै हो- तिनले कस्तो र कसरी निर्णय गर्छन्, दोस्रोदोश्रो जनता हुन् अधिकारवालाका निर्णयलाई तिनले कसरी बुझ्छन् र लिन्छन्, तेस्रो छिमेकी मित्र हुन्- तिनका प्रवृत्ति कस्ता छन् भन्ने बुझेका लीले त्यस्ता नोकर शाह चाहन्थे जसले जनताप्रतिको सरकारको प्रतिबद्धता पूरा गर्न सहयोग गरोस् । अनावश्यकरूपमा नोकरशाहलाई चोट पुर्‍याउने र दोषारोपण गर्ने कार्य गर्नु हुादैन । सक्षम, इमानदार र लगनशीललाई प्रोत्साहन र पुरस्कार दिने गर्नुपर्दछ भन्ने दृष्टिकोण भएकाले लीलाई तिनका विश्वास प्राप्त भयो अनि देश र जनताका भलाइका काम गर्न कठिन भएन । त्यसैगरी छिमेकीसागको सम्बन्ध सुमधुर बनाउन पनि सिङ्गापुरलाई गाहारो परेन । लीको कुशल नेतृत्वकै कारण उपस्थिति हााकको सामना गर्न र तिनका प्रवृत्ति र नीतिमा आधारभूत परिवर्तन गर्न त्यो देश सफल भयो । फलस्वरूप बजेट सन्तुलनमा राख्न गाहारो भएन र बजेट घाटा व्यहोर्नु परेन ।
 
मन्त्री, सचिव तथा आˆना सभासद्हरूलाई शक्तिको उन्मादमा नपर्न र शक्तिको दुरुपयोग नगर्न उनी कडा चेतावनी दिन्थे । त्यसैगरी सामाजिक समारोहमा मन्त्रीहरू उपस्थित नहुने कडा निर्णय थियो । सहरको सरसफाइ गर्न जनता तथा मन्त्रीसमेतलाई परिचालित गर्ने मात्र हैन उनी आफैा पनि सागै कुचो लिएर बढार्ने गर्थे । जनसेवाको लागि कडा परिश्रम गर्न र आˆनो सुकिलोपनको प्रभावमा नपर्न उनी कडा चेतावनी दिन्थे । जनचेतना विस्तार गर्न, सरसफाइ कायम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जन उत्साह र संलग्नताका लागि उनी जनतालाई प्रोत्साहित गर्थे । वक्र्स बि्रगेड स्थापना गरेर बेरोजगार युवाहरूलाई अर्धसैनिक पोसाकमा छाउनीमा राखेर खेती सडक निर्माण, ईंट बनाउने तथा निर्माण कार्यको तालिम दिन लगाएका थिए । यसले गर्दा तिनमा अनुशासनमा रहने, मेहनत गर्ने बानी मात्र बसेन, सडकमा टल्लिएर हिाड्ने तिनका बानी समेत हरायो । उनकै नेतृत्व तथा दृष्टिकोण क्षमताले जुवा खेल्ने, लागू पदार्थ सेवन गर्ने, अश्लिल सिनेमा हेर्नर्, बहुपत्नी राख्ने, वेश्यालयमा छोरी पठाउने, भ्रष्टाचार गर्ने एवं नातावादमा रुमल्लिने बानीजस्ता गलत क्रियाकलाप सिङ्गापुर भूमिबाट हट्यो ।
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित