"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
शुद्धिकरण, replaced: मुर्ति → मूर्ति (4), पुजा → पूजा using AWB (7794) |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
जनश्रुतिहरुअनुसार पौराणिककालमा पञ्चकन्याहरु आकाशमार्गबाट उडेर माइत जान हिडेका थिए । बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरुलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रुपमा यसलाई 'माइती देवी' हुँदै मैतीदेवी भन्ने गरिएको हो । त्यस्तै एउटा अर्को किंवदन्दीअनुसार रुद्रमती
यस शक्तिपीठलाई कतै मयमती बाल कुमारी, कतै मेइतीदेवी त कतै मयती देवी आदि पनि भन्ने गरेको पाइन्छ । यहाँ सबैभन्दा पहिले राजा गुणकामदेव (ललितपुर घाँयाबुमा प्राप्त ने. स. १०७ को शिलालेखबाट यिनको शासनकाल १०४३ भन्ने बुझिन्छ) ले कान्तिपुर शहरको स्थापना गरेपछि यसका वरीपरी गणेश, भैरव आदि देव पुरुषका साथै काली, योगिनी, अष्टमातृकाजस्ता देवदेवीको स्थापना गरेका थिए भन्ने भनाइ इतिहासविद्हरुको छ । इतिहासविद् भुवनलाल प्रधानका अनुसार यहाँ पहिलो पटक मन्दिर निर्माण काठमाडौं राज्यका राजा प्रताप मल्ल
हाल रहेको मैतीदेवीको मन्दिर भने सन् १७११ मा चतुर्देशी सेवा खलकले बनाएका थिए । ४.९५ मिटर लम्बाई, ४.९५ मिटर चौडाई र ७.०० मिटर उचाई रहेको यो मन्दिरको भित्ताको मोटाई ०.४५ से.मी. रहेको छ । सदस्य सचिव श्रेष्ठका अनुसार यसमा दच्ची आप्पा नामको इट्टा प्रयोग भएको छ भने सिमेन्टका रुपमा सुर्की
वि. स. १९२९ ताका श्री ३ भीम शम्सेरबाट पञ्चवलीको पूजा गर्ने चलन चलाएर वि. स. १९४९ मा उनैले मन्दिरभित्र चाँदीको तोरण चढाउनुका साथै सत्तल (धर्मशाला) बनाए । सो सत्तलको जीर्णोद्धार २०३६ सालमा गरेको पाइन्छ । त्यस्तै चन्द्र शम्सेरले मन्दिरको ढोका दैनिक रुपमा खोल्ने र लगाउने व्यवस्था गरेका थिए । उनैले १९६५ मा मन्दिरको छानामा सुनको जलप लगाएका थिए । मैतिदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव मोहनबहादुर श्रेष्ठका अनुसार वि.स.१९८९ वैशाखमा हरिदास हलुवाईले भित्ताहरुमा सेतो टायल लगाएका थिए ।
पङ्क्ति १६:
घना वस्तीको बीचमा रहेको मैतिदेवी प्राङ्गणमा लाश जलाउने घाट रहेको छ । यस घाटमा नेवार समुदायका सात जातिको दाहसंस्कार गर्ने गरिन्छ । तिनमा मुनिकार, मानन्धर, खड्गी, तन्डुकार, महर्जन, राजवाहक र साही थरका नेवारहरु पर्दछन् । मन्दिरहाताभित्र रहेको यो घाटमा परापूर्वकाल देखिनै लाश सद्गद् गर्ने गरिएका बताइन्छ |
पहिले नक्साल भगवती, गूहृेश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभा भगवती, कालिकास्थन, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजेश्वरीमा दरवारबाट पूजा मात्र पठाइन्थ्यो । तर २०१९ साल फागुनको एक दिन काठमाडौंबाट दिल्लीका लागि उड्नुपर्ने विमान निर्धारित समयभन्दा अबेरसम्म उड्न सकेन । यसको कारण थियो एउटा बाकस जुन पन्ध्र जनाभन्दा बढी जवानले पनि ट्रलीमा लोड गर्न सकिरहेका थिएनन् । उनीहरुले हजार प्रयत्न गरे तर सबै खेर गयो । अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेको सो बाकस विमानमा लोड गर्नै नसकेकाले विमान उडान नै स्थगित भयो | मैतिदेवी गुठीका तत्कालिन गुठीयार नाइके तुलसीनारायण मुनिकारका अनुसार यो घटनाले विमानस्थलका सबैलाई अचम्ममा पार्यो । सबैतिर हल्लीखल्ली मच्चियो । र, सुरक्षाकर्मीहरुले आदेशअनुसार बाकस फोरे । त्यहाँ मञ्चकुमारी मैतिदेवी र श्री भैरवको काठको मूर्ति देखियो । तर, कसैले पनि त्यो मूर्ति यहीको हो भनेर चिन्न सकेनन् । र, जिल्ला प्रहरी कार्यालय काठमाडौं चलान गरियो । यो समाचारले उपत्यकाका तिनै शहरमा ठूलो स्थान पाएको
*[[शक्तिपीठ]]
|