"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance, added wikify tag
सा maintenance, replaced: ढ़ → ढ, इतिहास → ईतिहास (2)
पङ्क्ति ४:
भारतीय परम्परामा '''मनुस्मृति'''लाई (जो '''मानव-धर्म-शास्त्र''', '''मनुसंहिता''' आदि नामहरुले प्रसिद्ध छ) प्राचीनतम स्मृति एवं प्रमाणभूत शास्त्र रूपमा मान्यता प्राप्त छ। धर्मशास्त्रीय ग्रंथकारहरुका अतिरिक्त शंकराचार्य, शबरस्वामी जस्ता दार्शनिक पनि प्रमाणरूपले यस ग्रंथलाई उद्धृत गर्दछन्। परम्परानुसार यो स्मृति स्वायंभुव [[मनु]]द्वारा रचना गरिएको बताइन्छ, वैवस्वत मनु अथवा प्राचनेस मनुद्वारा रचिएको होइन। मनुस्मृतिबाट यो पनि थाह लाग्छ कि स्वायंभुव मनुका मूलशास्त्रको आश्रय गरेर भृगुले स्मृतिलाई नयाँ रुप दिए, जो प्रचलित मनुस्मृतिको नामले प्रसिद्ध छ। यो भार्गवीया मनुस्मृति जस्तै नारदीया मनुस्मृति पनि प्रचलित छ।
 
मनुस्मृति’ त्यो धर्मशास्त्र हो जसको मान्यता जगविख्यात छ। न केवल भारतमा अपितु अन्य देशहरुमा पनि यसका प्रमाणहरुको आधारमा निर्णयहरु भएकाछन् र आज पनि भइरहेछन्। हिन्दूहरु धर्मशास्त्रको रूपमा मनुस्मृतिलाई विश्वको अमूल्य निधि मान्दछन्। भारतमा वेदहरुका उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं हुन्छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरु, सेनाको प्रबन्ध आदि सबै विषयहरुमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहासईतिहास-पुराणहरु स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरु सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरु बताउँदछन् ।
 
== भूमिका ==
पङ्क्ति १२:
मनुस्मृतिकोके काल एवं प्रणेताको विषयमा नवीन अनुसंधानकारी विद्वानहरुले पर्याप्त विचार गरेकाछन्। कसैको मत यो छ कि "मानव" चरण (वैदिक शाखा)मा आधारित भएको कारण यस ग्रन्थको नाम मनुस्मृति भएको हो। कसैले भन्छन्- मनुस्मृतिभन्दा पहिला कुनै मानव धर्मसूत्र थियो (जसरी मानव गृह्यसूत्र आदि छन्) जसको आश्रय लिएर कसैले एक मूल मनुस्मृति बनायो जो पछि गएर परिवर्तन् हुँदैर वर्तमान रूपमा प्रचलित भयो। मनुस्मृतिका अनेक मत वा वाक्य जो निरुक्त, महाभारतादि प्राचीन ग्रंथमा पाइंदैनन्, यसका कारणमाथि विचार गर्दा धेरै उत्तर प्रतिभासित हुन्छन्। यस प्रकारक अनेक तथ्यहरु बूहलर (Buhler, G.) (सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५), मदृ मदृ काणे (हिस्ट्री अफ धर्मणात्रमा मनुप्रकरण) आदि विद्वानहरुले पर्याप्त विवेचना गरेकाछन्। यो अनुमान तर्कसंगत प्रतीत हुन्छ कि मनुको नामले धर्मशास्त्रीय विषय परक वाक्य समाजमा प्रचलित थिए, जसको निर्देश महाभारतादिमा छ तथा जुन वचनको आश्रय लिएर वर्तमान मनुसंहिता बनाइयो, साथै प्रसिद्धिको लागि भृगु नामक प्राचीन ऋषिको नाम यसको साथ जोडियो। मनुभन्दा अघि पनि धर्मशास्त्रकार थिए, यो मनुको "एके" आदि शब्दहरुबाट नैं ज्ञात भएको हो। कौटिल्यले "मानवा: (मनुमतानुयायीहरु)को उल्लेख गरेकाछन्।
 
पाश्चात्य विद्वानहरुको मत अनुसार मनु परंपराको प्राचीनता भएर पनि वर्तमान मनुस्मृति ईसा पूर्व चतुर्थ शताब्दीभन्दा प्राचीन होइन(यो कुरा अलग हो कि यसमा प्राचीनतर कालका अनेक कुराहरु संगृहीत भएका छन्) यो बात यवन, शक, कांबोज, चीन आदि जातिहरुको निर्देशबाट ज्ञात हुन्छ। यो पनि निश्चित छ कि स्मृतिको वर्तमान रूप द्वितीय शताब्दी ईसा पूर्वसम्ममा दृढ़दृढ बनाइयो र यस पछि यसमा कुनै परिवर्तन् गरिएन।
 
== मनुस्मृतिको संरचना एवं विषयवस्तु ==
पङ्क्ति ४५:
 
== महत्व ==
भारतमा वेदहरुको उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरु, सेनाको प्रबन्ध आदि सबै विषयहरुमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहासईतिहास-पुराणहरु स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरु सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दु धर्मका पण्डितहरु बताउँदछन्
 
== मनुस्मृतिका केही छानिएका श्लोक ==
"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित