"डन्डीफोर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance, added orphan, wikify tags
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
{{Orphan|date=जुन २०११}}
 
==परिचय==
सौन्दर्य तथा छाला रोग विशेषज्ञका अनुसार सामान्य '''डन्डिफोर''' छालासँग सम्बन्धित समस्या हो । किशोरावस्था वा २० देखि ३० वर्षको उमेरमा यो समस्या देखिन्छ । '''Acne''' संबन्धित यो रोग छाला को ग्रन्थी मा तैलिय पदार्थ जम्मा हुने हुदा देखिन्छ|चिकित्सा तथ्यपत्रअनुसार डन्डिफोर हुनुको वास्तविक कारण हालसम्म थाहा पाउन सकिएको छैन, तर केही मामिलामा एन्ड्रोजन हार्मोनको कारणले यो हुने गरेको छ । केही व्यक्तिलाई ३० वर्षपछि समेत डन्डिफोर देखिन सक्छ । यस्तो हुनुको पछाडि धेरैजसो अवस्थामा हार्मोनको असन्तुलन रहेको छ ।
Line ५ ⟶ ९:
८० प्रतिशतमा यस्तो समस्या २५ वर्षपछि आफै कम हुने गरेको भए पनि डन्डिफोर आउँदा उपचार न गराए दाग र खाल्डो बसेकाहरूको संख्या समेत कम छैन । यसमा खुल्ला वा बन्द पिम्पल, पिप भरिएको बिमिरा, रातो क्षेत्र, बिमिरायुक्त घाउ सामान्यतः अनुहार पिठिऊँ र छातीमा हुन्छ । डन्डिफोरले समय बितेपछि खाल्डोसँगै दागसमेत छोड्ने गर्छ । पुरुषको छाला महिलाको दाँजोमा २० प्रतिशत बढी तैलीय हुने गरेको चिकित्सा तथ्यपत्रमा उल्लेख छ । युवतीमा महिनावारीभन्दा अघि यसको स्थिति अझ नराम्रो हुन सक्छ ।डन्डिफोरको दाग नबस्ने प्रविधिसमेत रहेकाले न आँत्तिई उपचार प्रक्रियामा जानुपर्र्छ |
कर्टेन नाउँ गरेको प्रोटिनद्वारा रौं कुप (हेयर फालिकल) लाई निकाल्ने कारणले ब्ल्याक हेड र डार्क हेड निर्माण हुन्छ । रौं कुपभित्र बोसो भएको ग्रन्थीलाई निकाल्दा सिवम (तेलयुक्त स्राब) हुन्छ । सिवम र छालाको कोषिकाबाहिर निस्किन पाउँदैन र एक ठाउँमा जम्मा हुन्छ जसले रौं कुप सुन्निन थाल्छ । यो सुन्निएर बढ्न थाल्दा च्यातिन्छ, जसले छालाको सतहमा हुने जीवानु यसमा प्रवेश गर्छन् । संक्रमण हुन्छ । डन्डिफोर बढ्दाबढ्दै सिस्टको रूपसमेत धारण गर्छ । चिलाउने क्रिम वा तेलले समेत डन्डिफोर हुन सक्ने चिकित्साशास्त्री बताउँछन् । यस्तै कुनै औषधि लिनाले वा छाला निरन्तर दलिनाले (जस्तै मोटरसाइकल हेल्मेट, टेलिफोन उपयोग) समेत यस्तो समस्या हुन सक्छ ।हार्मोनसम्बन्धी समस्या, खानाबाट एलर्जीसमेत डन्डिफोरको कारण हुन सक्छ ।डन्डिफोरसँगै अनुहारमा रौं र महिनावारीको अनियमिततासमेत भए यो हार्मोनको असन्तुलनको परिणाम हुन सक्ने सम्भावनासमेत रहेको हुन्छ।
 
 
==प्रकार==
डन्डिफोर चार प्रकारका हुन्छन् ।
*१.एक्ने बल्गैरिस सामान्य डन्डिफोरमा अनुहारमा ब्लैक हेडस्, ह्वाइट हेडस्, नोडुक्स र पिप भरेको ठूलो दाना निस्किन्छ ।
*२.यस्तै एक्ने रोजैकियामा गाला, निधार, नाक, चिउडोमा रातो दाग देखिन्छ । यो दागपछि अनुहारमा खाडल देखिन्छ ।
*३.धेरैजसोमा एक्ने कांगलोबाटा पाइन्छ । यो एक्ने बल्गैरिसको बिगि्रएको रूप हो । यसमा डन्डिफोर ठूलो ठूलो घाउमा परिवर्तित हुन्छ र पछि कालो दाग छोड्छ ।
*३.एक्ने फल्मी नैन्सले भने युवालाई मात्र प्रभावित गर्ने गर्छ। यो एक्ने कांगलोबाटाजस्तै भए पनि अल्सरजस्तै हुन्छ ।
 
Line २० ⟶ २३:
अनुहारमा रातभरि मोइस्चराइजर लगाएर राख्नुहुन्न । चिकित्साशास्त्री का अनुसार, कहिले पनि डन्डिफोरको पिप बगाउनु हुन्न, नङले कोट्याउनुहुन्न । यसो गर्दा डन्डिफोरको दाग बस्न सक्छ ।
 
यस्ता समस्या भएकाहरूले सधैं आपmनो सिरानको खोल र टावेल सफा राख्नुपर्ने भएको ले फोहोर टावेल र सिरानको खोलले संक्रमण फैलेर एक्ने/डन्डिफोरको कारण बन्छ ।महिलाहरूले मेकअप लगाएरै सुत्नुहुन्न भने कस्मेटिक ब्रसलाई समेत सफा र संक्रमण मुक्त राख्नुपर्छ ।डन्डिफोर एक्नेको समस्या भएकाहरूले तैलीय खानाबाट बच्नुपर्ने हुन्छ र हरियो सागसब्जी, फल सलादको सेवन बढी मात्रामा गर्नुपर्छ । यसबाट बाँच्न पानीको सेवनसमेत शरीरलाई आवश्यक भएसम्म प्रशस्त मात्रामा गर्नुपर्छ ।
 
[[categoryश्रेणी:स्वास्थ्य]]
 
[[de:Pustel]]
Line २९ ⟶ ३२:
[[fa:جوش]]
[[fr:Pustule]]
[[ml:മുഖക്കുരു]]
[[la:Pustula]]
[[lb:Pautsch]]
[[ml:മുഖക്കുരു]]
[[nl:Pustel]]
[[pl:Krosta]]
"https://ne.wikipedia.org/wiki/डन्डीफोर" बाट अनुप्रेषित