"महादेवी वर्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
उहाँले खडी बोली नामक हिन्दी कवितामा त्यस कोमल शब्दावलीको विकास गर्नु भयो जुन त्यसबेलासम्म बृजभाषामा मात्रै सम्भव थियो। यसका लागि उहाँले समयअनुकूल संस्कृत र बङगाली का कोमल शब्दहरू छानेर तिनलाई हिन्दीमा ढाल्नुभयो। उहाँ सङ्गीतको जानिफकार भएकाले उहाँका गीतहरूमा, नाद-सौन्दर्य र तीखा उक्तिहरूको व्यञ्जना शैली अत्यन्त दुर्लभ छ। उहाँले कामको सुरुवात अध्यापनबाट गर्नुभयो र अन्तिम समयसम्म उहाँ प्रयाग महिला विद्यापीठ की प्रधानाचार्या रही रहनुभयो। उहाँको बाल-विवाह भए पनि उहाँले अविवाहितले झैँ जीवन यापन गर्नुभयो। प्रतिभावान कवियित्री र गद्य लेखिका महादेवी वर्मा साहित्य र सङ्गीतमा निपुण हुनका साथै कुशल चित्रकार र सृजनात्मक अनुवादक पनि हुनुहुन्थ्यो। उहाँले हिन्दी साहित्यका सबै महत्त्वपूर्ण पुरस्कारहरू प्राप्त गर्नुभएको छ। भारतीय साहित्य-आकाशमा महादेवी वर्माको नाम ध्रुव तारा सरह प्रकाशमान छ। गएको शताब्दी की सर्वाधिक लोकप्रिय महिला साहित्यकार का रूपमा उहाँ जीवनभरी पूजनीय बनी रहनु भयो। सन् २००७ लाई उहाँको जन्म शताब्दीका रूपमा मनाईँदै छ।
 
 
[[Category:हिन्दी साहित्यकार]]
[[bn:মহাদেবী বর্মা]]
[[en:Mahadevi Varma]]