"विजयकुमार गच्छदार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
 
[[File:Bijaya kumar gachchadar.jpg|thumb|right|200px|विजय कुमार गच्छदार]]
'''विजय''' गच्छदारको जन्म २०१० साल माघ १९ गते [[सुनसरी जिल्ला|सुनसरी]] ८ पचरामा भएको हो ।इतिहासमा [[स्नातकोत्तर]] तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि [[नेपाली कांग्रेस]]बाट राजनीतिक यात्राको थालनी गर्नु भएको थियो । '''विजय कुमार गच्छदार''' [[मधेशीनेपाल जनअधिकारलोकतान्त्रिक फोरम नेपाल|मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)]]का संस्थापक अध्यक्ष हुन्। यिनी [[संविधान सभा]]का सभासद पनि हुन्। विजय कुमार गच्छदार मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालिन [[मधेसी जन अधिकारजनअधिकार फोरम, नेपाल|मधेसी जनअधिकार फोरम]]को सभासदको रूपमा निर्वाचित भएका थिए। उप-प्रधान एबं भौतिक योजना तथा निमार्ण मन्त्री समेत हुने मौका पाए। अहिले गच्छादार पुनः आफ्नो पुरानो घर [[नेपाली कांग्रेस]]मा फर्किएका छन।
 
== [[संविधानसभासंविधान सभा निर्वाचन, २०६४|२०६४ सालको संविधानसभा चुनाव]] ==
२०६४ सालको संविधानसभा चुनावमा गच्छदारले चाहेका केही मान्छेलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले टिकट दिन नमानेपछि उहाँ मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । २०६४ सालको संविधानसभा चुनावामा [[नेपाली कांग्रेस]]का अगमलाल चौधरीलाई पराजित गर्दै २३ हजार ७ सय ६९ मत ल्याएर विजयी हुनु भएको थियो ।
 
== मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन ==
[[मधेसी जन अधिकारजनअधिकार फोरम, नेपाल|मधेसी जनअधिकार फोरम]]मा एमाले नेता [[माधवकुमार नेपाल|माधव नेपाल]]को नेतृत्वमा सरकारमा सहभागी हुने कि नहुने विवाद चलेको थियो । २०६६ जेठ १५, १६ र १७ जेठमा फोरमको बैठक बसेको थियो । त्यतिवेला सिंहदरबारको संसदीय दलको बैठकमा दुई नेताका पक्षधर सांसदबीच हात हालाहाल भएको थियो । लगत्तै गच्छदारले पार्टी फुटाएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे अनि माधव नेपाल नेतृत्वको सरकारमा सहभागी भए ।
 
== [[संविधान सभा निर्वाचन २०७०|संविधानसभा निर्वाचन २०७०]] ==
२०७० सालको चुनावमा उहाँले फोरम लोकतान्त्रिकबाट सुनसरी ३ मै चुनाव जित्नुभयो ।
 
== नेपाली कांग्रेस फिर्ता ==
नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण गरि, पार्टी छाडेको एक दशकपछि गच्छदार कांग्रेसमै फर्किएका थिए । गच्छदार २०६४ सालमा कांग्रेस पार्टी परित्याग गरेर तत्कालिन [[मधेसी जन अधिकारजनअधिकार फोरम, नेपाल|मधेसी जनअधिकार फोरम]]मा लागेका थिए ।
 
== [[प्रतिनिधि सभा निर्वाचन, २०७४|प्रतिनिधिसभा निर्वाचन, २०७४]] ==
[[नेपाली कांग्रेस]]बाट चुनावमा उठेका विजय कुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३बाट निर्वाचित हुदै प्रतिनिधि सभामा निर्वाचित सांसद बनेका थिए ।