"घट्ट" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: घट्ट वा पानीघट्ट पानीबाट चल्ने घरेलु यन्त्र हो। पानीलाई अग्लो ...
(कुनै भिन्नता छैन)

१३:४५, ३ अप्रिल २००७ जस्तै गरी पुनरावलोकन

घट्ट वा पानीघट्ट पानीबाट चल्ने घरेलु यन्त्र हो। पानीलाई अग्लो ठाउँबाट काठको डूँडमार्फत छाँगो बनाई त्यसले हिर्काएपछि घुम्नेगरी पानीघट्टको मदानी राखिएको हुन्छ। मदानी घुमेपछि घट्टमा जोडिइको ढुंगाको जाँतो चल्नथाल्छ र अन्न पिस्न थाल्छ। गाउँघरमा मकै, कोदो, फापर, गहूँ आदि अन्नबाली पिस्नका लागि पानीघट्टको प्रयोग अझैसम्म भैरहेको पाइन्छ। घट्ट चलाउने व्यक्तिलाई घटेरो भनिन्छ। अन्न पिसेबापत घटेरोले त्यही अन्नबाट निश्चित मात्रा लिएर जीविकोपार्जन गर्ने गर्दछ। लो-टेक् का रूपमा पानीघट्ट चलाउन कुनै कुनै विदेशी दातृसंस्थाहरूले अलिअलि लगानी गर्न थालेका छन्।