"माघी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४४:
गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिकरूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ । वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई 'भुरा खेल-ख्याला)' भनिन्छ । बैठक गाउँको अगुवाको घरमा बस्छ । अगुवालाई ठाउँ विशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ । बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठ लगायत विकासको कामको समीक्षा हुन्छ । आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ । सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ । यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानुन पनि बनाउँछ । नियम उल्लङ्घन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरिवाना तोक्छ । बरघरको [[शिव|महादेव]]लाई दृष्टिगत गर्दै विगत केही वर्षयता जिल्ला बरघर समिति पनि गठन हुन थालेको छ । यसरी लोकतान्त्रिक ढङ्गले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ । <ref name="माघी"/>
 
==अभिशापजस्तैअभिशाप जस्तै विगत==
 
विगतमा माघी थारूका लागि अभिशाप नै सावित हुन्थ्यो। जमीन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरू गरिन्थ्यो। एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै उनीहरूलाई खरीद गरी दास जीवन जिउन बाध्य पारिन्थ्यो। वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भए पनि कमलहरी प्रथा अझै कायमै छ। कमलहरी प्रथा हटाउन थारू बडघरहरू स्वयम् र विभिन्न संघसंस्थाहरू पहल गरे पनि सरकारले हालसम्म कम्लहरी मुक्तीको घोषणा गर्न सकेको छैन। अरूको घरमा सानैदेखि निकै कम ज्यालामा काम गर्ने प्र केटीलाई कम्लहरी भनिन्छ। यिनीहरूलाई दासदासीको रूपमा काम लगाइने गरिन्छ। कैयौँको यौन शोषण पनि गरेको घटना देखिन्छ। <ref name="माघी"/>
"https://ne.wikipedia.org/wiki/माघी" बाट अनुप्रेषित