"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३०:
==शिक्षा==
औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामर्थ्य प्राप्त गरेका थिए।
Life
 
बहुमुखी प्रतिभाका धनी बालकृष्ण समले [[कविता]], [[नाटक]], [[कथा]], [[प्रवन्ध]], [[निवन्ध]], [[जीवनी]] आदि विभिन्न क्षेत्रमा कलम चलाएका छन्। समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ। नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए। उनी रेडियो नेपालका निर्देशक र [[गोरखापत्र]]का सम्पादक पनि भएका थिए। दश वर्षमा कविता लेखी साहित्यिक यात्रा सुरु गरेका समको वि.सं. १९७७मा लेखिएको ' तानसेनको झरी ' प्रथम नाटक हो भने प्रथम प्रकाशित नाटकचाहिँ 'मुटुको व्यथा' (१९८६) हो। यसरी सुरु भएको उनको नाट्ययात्रा वि.सं. २०३५ सम्म चलिरह्यो। उनले नाटकका अतिरिक्त कविता, कथा, निबन्ध, आत्मसंस्मरण आदिमा पनि सशक्त कलम चलाएका छन्। कवितालाई बढी रुचाए पनि उनी नाटककै कारण प्रसिद्धिको शिखरमा पुगेका हुन्।
 
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित