"मगर भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ६४:
मगर भाषामा मुक्तक सङ्ग्रहको रूपमा प्रकाशित भएको देखिँदैन। रुद्रबहादुर हितानमगरद्वारा लिखित 'लाङघाके आरमेट्नाङ-२०५०' कविता संग्रहभित्र केही मुक्तकहरू रहेका छन्। उनकै मुक्तकहरू पत्रपत्रिकामा छापेर मगर भाषाको मुक्तकले मुक्तकको प्रतिनिधित्व गरिरहेका छन्। फुटकर रूपमा टिकाटोली थापामगर (उदयपुर) गणेश ठाडामगर (धनकुटा) का मुक्तक प्रकाशित छन्। गीतकार शिवशङ्कर थापामगरको 'पाइतालाका डोबहरू' (मीहीलऊ मीठापको-२०६३) मुक्तक संग्रह मगर भाषामा अनुवादसहित प्रकाशित भएको छ। जनक माकीम मगरको गालाम फोईङ मुत्तक प्रकाशोन्मुख छ।
 
==''' कथा''' ==
मगर भाषामा लेखिएको टेकबहादुर सारुमगरद्वारा लिखित बडहरे साहिंली (बडहरे साईली-२०५०) मगर भाषाको कथा सङ्ग्रहको रूपमा पहिलो रहेको छ। 'बैरागी' नातामगरको सम्पादनमा नेपाल मगर संघ जिल्ला कार्यसमिति तनहुँद्वारा प्रकाशित मगर कथा संग्रह "मगर ढुटओ आहान गोहोमोक, -मगर भाषाको कथा सङ्गालो (२०६४) र विष्णुकुमार सिञ्जालीमगरको 'ल्हुङ' (ढुङ्गा- २०६४), 'बैरागी' नातामगरद्वारा लिखित 'फेरफेन ङ नमखान' (पूर्व र घाम-२०६४), उजीर रानामगरको 'मोई झाओ रोहाङ' (जन्मभूमिको मायामा-२०६४), शिवलाल थापामगरको 'लुप्च रह' (गहिरो दह २०६५), दुर्गा ढेंगा (पाल्पा)को 'छेटेन' कथा संग्रह -२०६९, हेमा आले 'बोगी' (नवलपुर) 'लर्फूओ मिच्याट' (पछ्यौरीको एक टुक्रा - २०७०), दुर्गा ढेंगाको सम्पादनमा 'याँभु' (इन्द्रेणी - २०७४) कथा संग्रह गरी ९ वटा कथासङ्ग्रह प्रकाशित भएका छन्। सञ्जोग लाफामगरको 'फोक्सिङ वाट्नाङ (साल फुल्दा) कथासङ्ग्रह प्रकाशोन्मुख छ। फुटकर कथा विभिन्न पत्रिकामा प्रकाशित गरेर कथा विधामा योगदान दिनुहुने कथाकार तनहूँका भाबुक मगर हुन्।
 
"https://ne.wikipedia.org/wiki/मगर_भाषा" बाट अनुप्रेषित