"विलासपुर राज्य" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
 
==राज्य पतन पश्चात==
विलासपुर राज्यको पतन भएपछि पुनः दैलेखका विभिन्न मठमन्दिरहरूको निर्माण तथा जिर्णोद्धारको क्रम चल्यो। दैलेखको सांस्कृतिक विकासमा काजी जसपाउ थापा तथा कर्णेल जयमान सिंह बस्नेतका परिवारहरूको ठुलो योगदान रहन गयो। यिनीहरूले दैलेख बजारमा [[नारायण मन्दिर]] सस्थापना गरे। [[पञ्चकोशी|पञ्चकोशी तिर्थस्थल]]का [[शिरस्थान]], [[नाभीस्थान|नाभिस्थान]], [[धुलेश्वर]] र [[पादुकास्थान]]मा मन्दिरहरूको जिर्णोद्धार गरी गुठी तथा अभिलेखहरू राख्न लगाए। दुल्लुमा धर्मशाला तथा [[दुल्लु पौवा|पौवा]] निर्माण गरे। <ref name= "Kirtikhamba"/>
==विलासपुरका राजाहरू==
विलासपुर राज्य संसारी वर्माका छोरा श्री वर्माले स्थापना गरे देखी यो राज्यमा श्री वर्माका १९ औँ पुस्ता कर्ण शाही सम्मका राजाहरूले राज्य गरेको थिए। ति राजाहरूको विवरण निम्न प्रकार रहेको छ।<ref name= "Kirtikhamba">कीर्ति खम्ब पहिलो संस्करण पृष्ठ ४० - ४२ लेखक विश्व के.सी. (पोखरेल)</ref>
पङ्क्ति १०९:
|-
|}
कर्ण शाहीको राज्यकालमा विलासपुर राज्यमा गोर्खाली सेनाले आक्रमण गरेका बेला बिजौराका चौतरिया सिंहरूले कर्णशाहीकी गर्भवती रानीलाई ओडारमा लुकाएकोले विलासपुरे राजाको वंश अवरुद्ध हुनबाट जोगिएको देखिन्छ। युद्धसमाप्तिपश्चात कर्ण शाहीका संतानहरू दैलेखको भुर्तिनजिक धारागाड भन्ने ठाउँमा बस्न थाले। उपलब्ध वंशक्रमको अनुसार कर्ण शाहीका छोरा प्रमान शाहीपछि भान शाही, भान शाही पछि लाला शाही भए। लाला शाहीको अर्काकी पत्नीसँग अनुचित सम्बन्ध भएकोले बिहानै धारामा नुहाउन गएको समयमा लाला शाही काटिएका थिए। त्यसपछि त्यो ठाउँको नाम "जारकाट" हुँदै "जारकोट" हुन गयो। धारामा लाला शाही काटिएकाले त्यो धारको पानी खान पनि बन्ध भयो। लाला शाहीपछी मान शाही भए। मान शाहीले जुम्लाको सिञ्जाबाट र डोटीबाट बिवाह गरेका थिए। दुईवटी पत्नीबाट मान शाहीका छ वटा छोराहरू जन्मिएपनि जेठा रत्नध्वज शाही, काँहिला अमरध्वज शाही र कान्छा गोराबहादुर शाहीको नाम मात्र ज्ञान हुन आएको छ।अमरध्वज शाहीका छोरा र गोराबहादुर शाहीका छोराका सन्तानका ६/७ वटा घरहरू अहिले पनि दैलेखको धारागाड भन्ने ठाउँमा रहेका छन्।<ref name= "Kirtikhamba"/> दैलेख जिल्लाको प्रसिद्ध मानिने [[विलासपुर मन्दिर]] यसै विलासपुर राज्यका प्रथम राजा श्री वर्माले आफ्नो कुल देवताको रूपमा स्थापना गरेका थिए भन्ने स्थानिय जन श्रुती रहेको छ। विलास पुर राज्यका अन्तिम राजा कर्ण शाही पछि यो राज्यको पतन भएकोले यो राज्यको अधिकांश भु-भाग हाल दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ। वि.सं. २०१८ साल देखी वि.सं. २०५३ सम्म विलासपुरे राजाको राजधानी रहेको आसपासका गाउँहरूलाई जोडेर "बेलासपुर" नामको [[गाउँ विकास समिति (नेपाल)|गा.वि.स.]] बनाएको थियो। पछि गएर वि.सं. २०५३ मा यो गा.वि.स.लाई नारायण नगरपालिकामा जोडेर नारायण नगपालिका स्थापना गरियो। गोर्खाली सेनाले आगजनी गरेर भत्काएको विलासपुरे राजाको दरबार अहिले पनि भग्नावशेषको रूपमा विलासपुर मन्दिर नजिकै देख्न सकिन्छ।
 
==सन्दर्भ सामग्रीहरू==