"विकिपिडिया:कसरी लेख बनाउने?" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १३:
</inputbox>
 
डा. लेखप्रसाद निरौलाको जन्म २०२८ साल साउन १ गते आमा यशोदादेवी निरौला र बुबा नीलमणि निरौलाको पहिलो सन्तानका रूपमा मत्स्यपोखरी ४, सङ्खुवासभा जिल्ला, कोसी अञ्चल, नेपालमा भ‌एको हो । उनको हालको बसोबास बुढानीलकण्ठ नपा ८, हाइल्यान्ड (भङ्गाल), काठमाडौँमा रहेको छ । नेपालीमा विद्यावारिधि (पिएचडी, संस्कृत साहित्यमा आचार्य र नेपालीमै एमए तथा बिएड. (एकबर्से) सम्मको अध्ययन गरेका निरौला वाल्मीकि क्याम्पस काठमाडौँमा प्राध्यापन गर्छन् ।
 
उनका साहित्यिक कृतिहरूमा १. घाँटी हेरी हाड निल्नु ? (निबन्धसङ्ग्रह २०५९), २. मालती (खण्डकाव्य २०६०), ३. राष्ट्रकवि घिमिरेको खण्डकाव्यकारिता (समालोचना २०६६), ४. माधव घिमिरेका खण्डकाव्यमा अलङ्कार (समालोचना २०७१), ५. दृष्टिकोण (समालोचना २०७३), ६. दृष्टिविम्ब (समालोचना, २०७३), ७. आरोहण (महाकाव्य, २०७४ ः संयुक्तलेखन), ८. नेपाली साहित्यमा नेपाली साहित्य प्रचार समिति सिलगढीको योगदान (समालोचना सन् २०१७ भारतबाट), ९. भूमिकामा मानसाग्नि (कृति सम्पादन २०७५), १०. कवित्रयोदश (खण्डकाव्यसङ्ग्रह २०७७), ११. मानसाग्नि (कृति सम्पादन २०७८ संयुक्त), १२ पन्ध्रसृष्टि ः समदृष्टि (समालोचना २०७८), १३ विधासिद्धान्त (समालोचना, २०७८) आदि उल्लेखनीय रहेका छन् । त्यस्तै उनका १. अनिवार्य नेपाली +२ (२०६४ सहलेखन) २. ऐच्छिक नेपाली कक्षा १२ (२०६५ सहलेखन), ३. ऐच्छिक नेपाली कक्षा ११ (२०६५ सहलेखन), ४. अनिवार्य नेपाली स्नातक प्रथम वर्ष (२०६६ सहलेखन), ५. नेपाली, कविता र नाटक, उत्तरमध्यमा (२०६७), ६. नेपाली गद्य, भाषा र साहित्य परिचय, उत्तरमाध्यमा (२०७३), ७. साहित्यसिद्धान्त र नेपाली समालोचना, स्नातक (२०७३), ८. प्रायोगिक व्याकरण, कक्षा १० (२०७४ सहलेखन), ९. प्रायोगिक नव्याकरण, कक्षा ९ (२०७५ सहलेखन), १०. प्रायोगिक निबन्धमाला र रचनाशिल्प कक्षा १० (२०७५ सहलेखन) ११. प्रायोगिक व्याकरण कक्षा ८ (२०७७ सहलेखन) आदि कृतिहरू पनि प्रकाशित छन् । उनका थप पाठ्यसामग्रीको सूची पनि यसप्रकार रहेको छ-
सजिलो नेपाली कक्षा १ (२०७७ सहलेखन) सजिलो नेपाली कक्षा २ (२०७७ सहलेखन) सजिलो नेपाली कक्षा ३ (२०७७ सहलेखन) सजिलो नेपाली कक्षा ४ (२०७७ सहलेखन) सजिलो नेपाली कक्षा ५ (२०७७ सहलेखन) सजिलो नेपाली कक्षा ६ (२०७८ सहलेखन) ऐच्छिक नेपाली कक्षा ११ (नयाँ पाठ्यक्रम, २०७७ सहलेखन) ऐच्छिक नेपाली कक्षा १२ (नयाँ पाठ्यक्रम, २०७८ सहलेखन) तालिम स्रोतसामग्री नेपाली (माध्यमिक तह,कक्षा ९–१०,२०७८, नेपाल सरकार, सहलेखन) सजिलो नेपाली कक्षा ७ (२०७८ सहलेखन) सामान्य भाषाविज्ञान र नेपाली भाषा, स्नातक पाठ्यपुस्तक, (२०७९) नेपाली ५ (२०८०, सहलेखन, नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्र) नेपाली ८ (२०८०, सहलेखन, नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्र) ।
निरौलाले नेपाल विद्याभूषण क (२०६८), तोयनाथ पाण्डेय स्मृति पुरस्कार (२०७७), प्रतिभा पुरस्कार (१९९१ इ.), दिल्ली संस्कृत अकादमी, दिल्ली प्रशासन, नई दिल्ली भारत, वैजयन्ती स्रष्टा सम्मान (२०७५), श्री दोभान पुस्तकालय चितवनद्वारा सम्मान (२०७४), रेडिएन्ट इन्फोटेक नेपालद्वारा सम्मान (२०७४)मस्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा प्रशंसापत्र (२०७३), सैन्यध्वज नन्दकुमारी विद्वत्वृत्ति पुरस्कार (२०७१), पं.छविलाल बालमाया पोखरले पुरस्कार (२०४९) र (२०५०), प्रा.मुकुन्दनाथ भट्टराई निबन्ध पुरस्कार (वि.सं.२०५१), दिल्लीस्तरीय अन्तरमहाविद्यालय श्लोकान्त्याक्षरी प्रतियोगितामा प्रथम (सन् १९९०.) र द्वितीय (सन् १९९२) । उनले क्यानडा, दक्षिण कोरिया र भारतको भ्रमण करेका छन् । साहित्य सिर्जना समीक्षा दृष्टिले उनलाई जल्दोबल्दो प्रतिभाका रूपमा हेरिन्छ ।
[[श्रेणी:मुख्य पृष्ठ]]