विनोद पहाडी पत्रकारिता र दलित आन्दोलनमा संलग्न राजनितिक नेता हुन। विसं २०४४ देखि अखिल छैठौंबाट राजनीतिमा लागेका पहाडी जनमोर्चा रूपन्देही सदस्य तथा उत्पीडित दलित जातीय मुक्ति समाजका महासचिव पनि भए।

उनी लुम्विनी दैनिकको हकरदेखि सम्पादक पनि बने। त्यसपछि उनी नयाँ चुनौती, नेपाली मञ्च र काठमाडौँ पत्रको सम्पादक बने। अभागी नामले चिनिने पहाडीले शिक्षाशास्त्रमा स्नातक गरेका छन्। पाल्पा भुवनपोखरी -९ गोखुङ्गामा जन्मिएका पहाडीको परिवारले बाजेको पालासम्म लुगा सिलाएर 'बाली घरे प्रथा' अन्तर्गत जीविकोपार्जन गरे पनि उनका बुबा नेपाली सेनामा थिए।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्