विद्युतीय रकम (अङ्ग्रेजी: Electronic Money) भन्नाले विद्युतीय माध्यमद्वारा भुक्तानी गर्न सकिने रकमलाई जनाउदछ । यसमा विद्युतीय प्रणाली वा सर्भरमा भुक्तानी दिने प्रयोजनको लागि सञ्चित रकम वा उक्त रक़म बराबरको विद्युतीय रकम अंकित गरी जारी गरिएका चुम्बकीय वा चिपमा आधारित कार्डहरूमा रहेको रकमलाई समेत जनाउनेछ । विद्युतीय रकममा भौतिक रकमको सबै विशेषताहरू हुन्छन्, यसको प्रयोगबाट किनमेल तथा भुक्तानी सम्बन्धी सम्पूर्ण कार्य गर्न मिल्छ तर यसको भौतिक अवस्थामा नभई विद्युतीय अवस्थामा हुने गर्दछ ।