विकिपिडिया:विकिपिडिया एसियाली महिना/प्रश्नउत्तर

विकिपिडिया एसियाली महिना का सहभागीहरूका लागी सहयोगी प्रश्न तथा उत्तर देहाय बमोजिम रहेको छ ।

पोस्टकार्ड सम्बन्धी सम्पादन गर्नुहोस्

  • प्र: एउटा प्रयोगकर्ताले कतिवटासम्म पोस्टकार्डहरू प्राप्त गर्न सक्छन् ?
ज: एउटा विकिपिडियाको नियमहरू अनुसारको आवश्यकता पुरा गर्ने हरेक प्रयोगकर्ताले एक पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि एक प्रयोगकर्ताले यस कार्यक्रमलाई दुई भाषाहरूमा भाग लिएर दुईवटा कै आवश्यकता पुरा गरे भने दुइटा पोस्टकार्ड प्राप्त गर्नेछन् । स्थानिय आयोजकहरूले आयोजना गर्न लागेको हरेक विकिपिडियाको लागी एक पोस्टकार्ड प्राप्त गर्नेछन् ।
  • प्र: यसको मतलब, यदि मैले एउटा विकिपिडियामा दस वटा लेख निर्माण गरे भने दुइ पोस्टकार्ड प्राप्त गर्नेछु ।
ज: होइन, आवश्यकता पूरा हुनको लागी चाहिने न्यूनतम लेख संख्या ४ हो ।
  • प्र: मैले जम्मा कतिवटा सम्म पोस्टकार्ड प्राप्त गर्नसक्छु ?
ज: सात
  • प्र: मैले कुन देशको पोस्टकार्ड प्राप्त गर्नेछु ?
ज: कुन प्रयोगकर्ताले कुन देशको पोस्टकार्ड प्राप्त गर्छ भन्ने कुरा पोस्टकार्ड वितरण नभई कसैलाई थाहा हुदैन ।

विकिपिडिया एसियाली राजदुत सम्बन्धी सम्पादन गर्नुहोस्

  • प्रः मैले एक भन्दा बढी विकिपिडियामा सबैभन्दा बढि लेख तयार गरे भने, के मैले एक भन्दा बढी विकिपिडियामा "राजदूत" को सम्मान प्राप्त गर्न सक्छु?
जः तपाईले योगदानको गरेको हरेक विकिपिडियामा तपाईले सम्मान प्राप्त गर्नु हुनेछ भने तपाईले कम योगदान गरेको विकिपिडियामा दोश्रो व्यक्तिलाई पनि "विकिपिडिया एसियाली राजदूत" को रूपमा सम्मान गरिनेछ ।
  • प्रः "विकिपिडिया एसियाली राजदूत" को रूपमा सम्मान भए पश्चात मैले के प्राप्त गर्नेछु?
जः तपाईले अतिरिक्त पोस्टकार्ड तथा डिजिटल प्रमाणपत्र प्राप्त गर्नु हुनेछ! यो प्रमाणपत्र कागजी दस्तावेज हुने छ र हामी स्कयान गरि तपाईलाई पठाउने छौ । साथै हामी कुरियरबाट कागजी दस्तावेज समेत पठाउने छौ ।
  • प्रः कुनै ए विकिपिडियामा दुई वा दुई भन्दा बढी सहभागीले सबैभन्दा बढि लेखको योगदान गरे भने के हुन्छ?
जः एउटा भाषाको विकिपिडियामा एक जना मात्र राजदुत हुने हुँदा सहभागीले योगदान गरेका लेखहरूको बाइटलाई पुनः गणना गरिने छ ।

नियमहरू सम्बन्धी सम्पादन गर्नुहोस्

  • प्रः मैले विशेष लेख लेखेको खण्डमा के मैले धेरै अंक प्राप्त गर्नेछु ?
जः होइन, यो लेख प्रतियोगिता होइन, यद्यपि हामि तपाईहरूलाई राम्रो लेख लेख्नको लागी प्रोत्साहन दिन्छौ ।
  • प्रः म एसियाको राष्ट्रमा बसोबास गर्दैन, के मैले यस कार्यक्रममा सहभागी हुन सक्छु ?
जः सक्नु हुन्छ, यसमा कुनै बन्देज छैन् ।
  • प्रः के यस कार्यक्रममा दर्ता नभएका आईपि प्रयोगकर्ता समेत सहभागी हुन सक्छन् ?
जः ड्बलुएमएफल्याब तथा हाम्रो औजारको प्रतिबन्धको कारणले दर्ता नभएको आईपि प्रयोगकर्ताले सहभागिता जनाउन सक्ने छैन् । तर हामी तपाईलाई आफ्नो खाता दर्ता गरि सहभागिताको लागी प्रोत्साहन गर्दछौ यसले तपाईको गोप्नियतालाई समेत सुरक्षित राख्दछ ।
  • प्रः यदी लेखको विषय (व्यक्ति) एक एसियाली मुलको तर एसियाली राष्ट्रमा जन्म नलिएको व्यक्ति भएको के यस्तो लेख स्विकारयोग्य हुन्छ ?
जः हुदैन । तर कुनै व्यक्ति एसियाली मुलुकमा जन्म लिएको तर एसिया भन्दा बाहिर उल्लेखनीय कार्य गरेको भए स्विकारयोग्य हुनेछ ।
  • प्रः यदी लेखको विषय (व्यक्ति) एक एसियाली मुलको नभएको तर एसियाली संस्कृती प्रर्बद्धनमा उल्लेखनीय भूमिका निभाएको व्यक्ति भएको के यस्तो लेख स्विकारयोग्य हुन्छ ?
जः हुन्छ । कुनै व्यक्ति एसियाली मुलुकमा जन्म नलिएको तर एसियाली मुलुकमा उल्लेखनीय भूमिका निभाएको व्यक्तिको सम्बन्धको लेख स्विकारयोग्य हुनेछ ।
  • प्रः के मैले अन्य भाषाबाट लेख अनुवाद गर्न सक्छु ।
जः सक्नु हुन्छ ।
  • प्रःशीर्षक पेश गर्नै टुल्स मेरो मोबाइलमा खुल्दै खुलेन के गर्ने होला ।