विकिपिडिया:इनपुट प्रणाली

तपाईंले सर्वप्रथम खाता खोल्नुहोस् यदि पहिले बाट नैं खाता खोल्नु भएको छ भनें प्रवेश गर्नुहोस् प्रवेश गरेपछि देवनागरी लेख्ने व्यवस्था देखा पर्छ यदि फेरि पनि नेपाली लेख्ने औजार देखा नपरे (New features)लाई Off गर्नुहोस्। अब नेपाली (देवनागरी) लेख्ने व्यवस्था पक्कै देख्नु भयो ।
यहाँ राखिएको देवनागरी लेख्ने व्यवस्था वर्णको उच्चारणको रोमन लेखाईमा आधारित छ। तलको तालिकामा देब्रेपट्टीको सूचिमा भएका देवनागरी अक्षर लेख्न सूचिको दाहिनेपट्टी भएका रोमन अक्षरलाई किवोर्डमा थिच्नुहोला। याद गर्नुहोला, ठूला र साना रोमन अक्षरहरुले छुट्टाछुट्टै काम गर्छन् र सँगै भएका सबै रोमन अक्षर थिँचेपछि मात्र त्यसको पूर्ण देवनागरी नतिजा आउँछ। (जस्तै: am = अम् हुन्छ भने aM = अं, त्यस्तै sh = श् र shh = ष्)। यो व्यबस्था मुख्यतया ॐकार जोशीको गमभनमा आधारित छ।