वासुदेव मुनाल रेडियो नेपालका वरिष्ठ कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक थिए। उनको जन्म विराटनगरमा २००६ सालमा भएको थियो। उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए । उनको निधन ६८ वर्षीको उमेरमा १२ असोज २०७४ सालमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा भएको थियो । उनी घाँटीको क्यान्सरबाट पीडित थिए र उनको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो । [१]

उनले पानी खाने निउँले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, झमझम इष्टकोट लगायतका चर्चित गीतहरू गाएका छन्। उनको बाल कार्यक्रम रेडियो नेपालको एक सफल कार्यक्रमको रूपमा लिइन्छ। [२]

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. रहेनन्, हिमालखबर :: वरिष्ठ रेडियोकर्मी तथा गायक बासुदेव मुनाल, "वरिष्ठ रेडियोकर्मी तथा गायक बासुदेव मुनाल रहेनन्", वरिष्ठ रेडियोकर्मी तथा गायक बासुदेव मुनाल रहेनन्, अन्तिम पहुँच २०२३-१०-०९ 
  2. "'आउ मेरा प्यारा भाइ बहिनी हो…' ‘वासुदेव ‘मुनाल’को नाममा बाल प्रतिभा पुरस्कार प्रदान", अन्तिम पहुँच २०२३-१०-०९