@हिमाल सुबेदी: ज्यू, तपाईँले पूर्णतया मातृभाषा बनाइएको भनी शब्दहरूको जुन नेपालीकरण गर्नुभएको छ त्यसले शब्दको अनर्थ समेत भएको छ। केही उदाहरणहरूः

  • फोटो-मर्फिङ एप लाई तस्वीर-बजारशास्त्र अनुप्रयोग; यो गलत छ किनकि फोटो-मर्फिङ को अर्थ तस्वीरलाई विविध सूत्रहरूको प्रयोगद्वारा परिवर्तन गर्ने भन्ने हुन्छ
  • आर्टिफिसियल इन्टेलिजेन्स(एआई) लाई कृत्रिम बुद्धिमत्ता; यसरी अनुवाद गर्नु गलत छ किनकि आर्टिफिसियल इन्टेलिजेन्स शब्द नेपाली शब्द नभए पनि सबैले बुझ्ने वा प्रचलनमा रहेको शब्द हो; अनुवाद गर्ने नै हो भने प्रचलनमा रहेको शब्दलाई कोष्ठक भित्र राख्नुहोला।
  • फोटो ग्यालरी लाई तस्वीर सङ्ग्रह; यो पनि शाब्दिक रूपमा अनुवाद गरिए पनि अर्थको हिसाबले उपयुक्त छैन् किनकि ग्यालरी को अर्थ प्रदर्शन गरिने स्थान हुन आउँछ जुन कदापि सङ्ग्रह होइन।

अन्यमा, कृपया प्राविधिक शब्दहरूलाई नेपालीकरण नगर्नुहोला। यस्ता शब्दहरूलाई जस्ताको त्यस्तै रहन दिनु विश्वव्यापी प्रचलन हो।--Nirajan pant (कुरा गर्ने) १७:२१, १९ जुलाई २०१९ (युटिसी(UTC))

  • @Nirajan pant: म यतिमात्रै के भन्छु भने यो विसुद्ध नेपाली भाषाको विकिपिडिया न कि विदेश भाषालाई प्राथमिकता वा प्रचार गर्न खोलिएको, यहाँ कुनै पनि विदेश भाषाहरूले (मुख्यतया अङ्ग्रेजी) स्थान पाउँदैन र तत्काल मेटाइन्छ पनि। हामी कुनै विदेश भाषाको प्रचार र बढावा दिने गरि कदापि सम्पादन गर्दैनौं। अनि अर्को कुरा, मैले यस पृष्ठमा अपडेटलाई अद्यावधिक बनाएको छु के मैले गलत गरेँ?

-हिमाल सुबेदी (कुरा गर्ने) ०५:३९, २० जुलाई २०१९ (युटिसी(UTC))

@हिमाल सुबेदी:, नेपाली विकिपिडिया नेपाली भाषाको प्रचार गर्न खोलिएको होइन। ज्ञानलाई नेपाली भाषाको माध्यमबाट बाँड्ने हेतुले खोलिएको हो। भाषा विकासशील हुन्छ र आगन्तुक शब्दको प्रभावले भाषाका शब्दहरू पनि विकास भइरहेको हुन्छन्। ५० वर्ष अघिको नेपाली भाषा र आजको नेपाली भाषामा धेरै भिन्नता छ। कसै माथि पनि जबरजस्ती प्रचलनमा नरहेको नेपाली शब्दहरू थोपर्नु कदापि उचित होइन।--Nirajan pant (कुरा गर्ने) ०७:१८, २० जुलाई २०१९ (युटिसी(UTC))

नेपाली अनुवाद सम्बन्धमा सम्पादन गर्नुहोस्

@Nirajan pant: यस पृष्ठ राखिएका सबै नेपाली अनुवादहरू एकदमै जायज छ। आर्टिफिसियल इण्टेलिजेन्सलाई कृत्रिम बुद्धिमत्ता नेपालीमा भनिन्छ र यो नबुभ्ने सोही प्रयोगकर्ताको गल्ती हो नकी नेपाली भाषाको। फोटो ग्यालरी लाई हामीले जसरी पनि लेख्न सक्छौं नेपालीमा (तस्वीर सङ्कलन, तस्वीर सङ्ग्रह, तस्वीरहरू, चित्रहरू आदि) नेपाली विकिपिडिया भनेको अङ्ग्रेजीसँग तुलना गरि टिप्पणी गर्ने ठाउँ होइन। नेपाली बुभ्ने प्रयोगकर्ताले यो पृष्ठ सजिलोसँग बुभ्न सक्छन्। अङ्ग्रेजीको नेपालीमा शब्द प्रचलित छैन भनेर त्यही शब्द राख्न कदापि मिल्दैन। पर्वत सुबेदी (कुरा गर्ने) ०४:२२, २० जुलाई २०१९

@हिमाल सुबेदी: के फोटो-मर्फिङ एप लाई तस्वीर-बजारशास्त्र अनुप्रयोग; पनि जायज छ? यस लेखमा प्रयोग भएका अन्य अङ्ग्रेजी शब्दहरू: कम्पनी, मोबाइल, आइओएस, स्मार्टफोन, साइबर लाई किन नेपालीकरण गर्नुभएन? त्यो पनि गर्नुस् यस लेखलाई अझ विशुद्ध नेपाली भाषाको लेख बनाउनको लागि।--Nirajan pant (कुरा गर्ने) ०७:१८, २० जुलाई २०१९ (युटिसी(UTC))
  • @Nirajan pant: म यस्ता घटिया तथा अनावश्यक कुरामा म धेरै बहस गर्दिनँ, म पृष्ठ तथा लेख लेख्न आएको हो न कि अनावश्यक कुराकानी गर्नहिमाल सुबेदी (कुरा गर्ने) १०:२२, २० जुलाई २०१९ (युटिसी(UTC))
@हिमाल सुबेदी: यो घटिया र अनावश्यक विषय होइन। तपाईँले नै यो अङ्ग्रेजी नेपालीको विवादको बखेडा झिक्नु भएको हो अब छलफलमा सहभागी हुन चाहिँ अनावश्यक ठहर्याउने? मेरो भन्नु यति मात्रै छ कि सङ्कुचित विचार राखि शब्दको अर्थ नै मर्ने गरी अङ्ग्रेजी शब्दको नेपालीकरण नगर्नुहोला। यदि नेपालीमा त्यस शब्दको अर्थ उचित तरिकाले आउँछ र प्रचलनमा छ वा पाठकवर्गले पचाउने खालको छ भने नि:सन्देह राख्नुस् तर थोपरेको महसुस नहोस्।--Nirajan pant (कुरा गर्ने) १२:४९, २० जुलाई २०१९ (युटिसी(UTC))

@Nirajan pant: ज्यु समस्यको समाधान भैसकेको छ। कृपया पृष्ठ हेर्नू होला र वार्तालापलाई अगाडि नबढाई दिनु होला र पृष्ठ निर्माण तथा सम्पादन तर्फ लाग्नु होला नकी अनावश्यक वार्तालाप तर्फ।पर्वत सुबेदी (कुरा गर्ने) ०८:२५, २० जुलाई २०१९ (नेपाली प्रमाणीक समय)

"फेसएप" पृष्ठमा फर्कनुहोस्।