वाच्य (व्याकरण)
वाच्य भनेको भनाइ हो । वाक्यमा रहेका कर्ता, कर्म र क्रियामध्ये कुन भनाइ मुख्य रहेको छ भनी छुट्याउने व्याकरणिक कोटिलाई वाच्य भनिन्छ । अर्थात् कर्ता, कर्म र भावको बोध गराउने वाक्यलाइ वाच्य भनिन्छ ।
नेपालीमा वाच्य तीन प्रकारको हुन्छन् :क) कर्तृवाच्य, ख) कर्मवाच्य र ग) भाववाच्य
कर्तृवाच्य :
सम्पादन गर्नुहोस्कर्ताको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्तृवाच्य भनिन्छ । अर्को शब्दमा कर्ता जुन लिङ्ग, वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्तृवाच्य भनिन्छ । कर्तृवाच्यको कर्तामा परिवर्तन गर्दा त्यसको असर क्रियामा पर्दछ । कर्तृवाच्यको वाक्य सकर्मक र अकर्मक दुवै क्रियाबाट बन्न सक्छ । कृर्तवाच्यको क्रिया सकर्मक छ भने कर्मवाच्य र अकर्मक छ भने भाववाच्यमा परिवर्तन गर्नुपर्छ ।
जस्तै : सकर्मक क्रिया प्रयुक्त कर्तृवाच्य
- भाइ चिठी लेख्छ ।
- म भात खान्छु
- विनोदले भात खायो ।
- भाइ भकुन्डो खेल्छ ।
- गोठालोले घाँस काट्यो ।
अकर्मक क्रिया प्रयुक्त कर्तृवाच्य
- भाइ रोयो ।
- म हाँस्छु ।
- हरि मेचमा बस्छ ।
- विनोद हिँड्यो ।
कर्मवाच्य
सम्पादन गर्नुहोस्:कर्मको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्मवाच्य भनिन्छ । अर्को शब्दमा कर्म जुन लिङ्ग, वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्मवाच्य भनिन्छ । कर्मवच्यको क्रियापद सकर्मक क्रियाबाट मात्र बन्दछ । कर्मवाच्यबाट कर्तृवाच्यमा वाच्य परिवर्तन गर्न सकिन्छ ।
जस्तै :
कर्मवाच्य | कर्तृवाच्य | |
---|---|---|
१. | आफू त परीक्षा लेखिन्छ । | म त परीक्षा लेख्छु । |
२. | भाइबाट कलम किनियो । | भाइले कलम किन्यो । |
३. | रमेशबाट भात खाइएला । | रमेश भात खाला । |
४. | माधवबाट भकुन्डो खोलियो । | माधवले भकुन्डो खेल्यो । |
५. | मबाट मासु खाइन्छ । | म मासु खान्छु । |
रविना ले कपी र किताब किनिन्
भाव वाच्य
सम्पादन गर्नुहोस्वाक्यमा क्रिया वा क्रियाको अर्थ मुख्यरूपमा रहने वाच्यलाई भाववाच्य भनिन्छ । भाववाच्यको क्रियापद अकर्मकबाट मात्र बन्छ । क्रियाको धातुपछि ‘इ’ थपिएर भाववाच्यको क्रिया बन्छ । यसबाट वाच्य–परिवर्तन गर्दा कर्तृवाच्यमा गरिन्छ ।
जस्तै :uniharu khub nachaxan
भाववाच्य | कर्तृवाच्य | |
---|---|---|
१. | (रामद्धारा) हाँसिन्छ। | आफु त क्लबमा आनन्दले नाच्छु। |
२. | (विनोद्धारा) घर गइनेछ । | विनोद घर जानेछ । |
३. | आफू त कतै गइन्न । | म त कतै जान्न । |
४. | सुत्नसम्म सुतिएछ । | सुत्नसम्म सुतेछु । |
५. | (रामबाट) चाँडै हिँडियो । | राम चाँडै हिँड्यो । |
हामी सधै पाँच बजे उठछौ