"वडा नम्बर ६" ( रूसीमा: Палата № 6 ) आन्तोन चेखबद्वारा लिखित एक लघुकथा हो। यो १८९२मा प्रकाशित भएको थियो।

सारांश सम्पादन गर्नुहोस्

यो कथा एक प्रान्तीय मानसिक अस्पतालमा सेट गरिएको छ। यस कथामा एक डाक्टर र ऊ बस्ने शहरका बासिन्दाहरु बीचको अन्तरक्रियाहरुलाई अवलोकन गरिएको छ।

आन्द्रे येफिमिच रागिन एउटा सानो शहरको प्रमुख चिकित्सक थिए। । बौद्धिक र दार्शनीक कुराकानी गर्न सहरमा कोही नभेटिएकाले उनी दु:खी थिए। अस्पताल नजिकैको मानसिक वार्डमा एक बिरामीसँग चाहीँ डाक्टरको कुरा मिल्न पुग्यो। उनीहरूको धारणा एक अर्कासँग मिल्दैन थियो तर उनी ती बिरामीसँग वार्तालाप गर्न रुचाउँ थिए।

वार्डमा पाँच बिरामीहरू र एक व्यवहार प्रवर्तन गर्ने सिपाही थिए। बिरामीहरुलाई पागल भनेर चिनिन्थियो। इभान ग्रोमोभ मानसिक वार्डमा भए पनि, उनी पहिला शहरको एक समझदार सदस्य मध्ये एक थिए। उनी डाक्टरले लामो समयदेखि खोजिरहेको बौद्धिक कुराकानी गर्न सक्ने एक कुशल व्यक्ति थिए।

सहरका मानिसहरुले डाक्टरले वार्डमा धेरै समय बिताउन थालेपछि डाक्टरको मानसिक अवस्थामाथि संका गर्न थाले। सहरियाहरुले एक परिषद बनाएर उनको मानिसिक अवस्था जाच्न थाले। परिसदले कथाक्रममा डाक्टरलाई पागल घोसित गर्यो र पहिला पाँच पागल भएको वार्डमा छ पागल हुन पुगे। त्यो वार्डलाई वडा नम्बर ६ भनेर चिन्न पुगियो।[१]

सन्दर्भ सामाग्रीहरु सम्पादन गर्नुहोस्

  1. Anton., Chekhov (२०१६), Great Stories by Chekhov., Dover Publications, आइएसबिएन 978-0486818733, ओसिएलसी 967836226