ल्‍होमी जाति को मुख्य पुर्ख्योली थाक थलो भनेको प्रदेश नं १ अन्तरगत संखुवा सभा जिल्‍लाको उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउपालिकाको हुङगुङ,चेपुवा,हटिया, गुम्बा, च्याम्ताङ, रूकुमा तथा नामासे गाउँहरू नैं हुन् । यी जातिको बसोबास तिब्बतको डेन्दाङ तथा भारतको दार्जिलिङ् जिल्‍लाका १८ वटा गाउँहरूमा पनि पाइन्छ । यी जातिले बोल्ने भाषालाई ल्होकेत् भनिन्छ । आदिवासी जनजाति उत्‍थान राष्‍ट्रिय प्रतिष्‍ठान एेन २०५८ मा सूचिकृत आदिवासी जनजाति मध्‍ये अति सिमान्‍तकृत समुहको हिमाली समुह अन्‍तरगत पर्दछ । भने यस जातिलाई ल्‍होमी(शिंसाबा) भनी सूचिकृत गरिएको छ । ल्होमी जातिहरूको बारेमा सर्बप्रथम खोज अनुसन्धान गर्ने समाजशास्त्री तथा मानवशास्त्री डोर बहादुर विष्ट हुन् । उनले यी जातिको बारेमा सन् १९५७ मा professor von Furer- Hamimenddorf सँगै मिलेर पूर्वी नेपालको शेर्पा तथा ल्होमी जातिको बारेमा स्थलगत अनुसन्धान गरी आफ्नो People of Nepal पुस्तकमा नेपालका विभिन्न आदिवासी जनजातिका बारेमा उल्‍लेख गरेका थिए । उनले यो पुस्तक सन् १९६७ मा प्रकाशन गरेका थिए । हाल सम्म उनको यो पुस्तक रत्न पु्स्तक भण्डारले नै प्रकाशन गर्दे आएको छ ।[१]

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. NEFIN,People of Nepal, Prof. Christoph von Furer- Hamendoft,नेपालका आदिवासी जनजातिहरू