लोकतत्त्व
लोकतत्त्व ’ शब्द ‘लोक’ र ‘तत्त्व’ दुईशब्दहरुको संयोगबाट बनेको हो । लोकको अर्थ ‘लोक समाज’ र ‘तत्त्व’ को अर्थ महत्वपूर्ण अंश वा सार । लोकसमाजले स्वीकार गरेका महत्वपूर्ण अंश वा परम्परादेखि लोकमा प्रचलित रुढ तत्वहरु लोक परम्परामा प्रचलित महत्वपूर्ण विचार र व्यवहारका अंशहरुलाई लोकतत्त्व शब्दले समेट्दछ । अंग्रेजीमा फोक इलेमेण्टस शब्दलाई लोकतत्त्व रुपमा ग्रहण गरेको पाइन्छ । (पराजुली, २०७२ ः४०) भारतीय लोकसाहित्य विज्ञ डा.सत्येन्द्रका अनुसार लोकतत्वमा मूलतः चारवटा कुराहरु रहने विचार प्रस्तुत गरेको पाइन्छ । अतिकल्पना, आत्मशीलता, टुनामुना र आनुष्ठानिक विचारहरु लोकतत्व हुन् । (सत्येन्द्र, १९७१ ः४१)
यी माथिका भनाइका आधारमा लोकतत्वलाई लोकको प्रतिबिम्ब मान्न सकिन्छ । जहाँ लोक समुदायका रीतिरिवाज, विश्वास, मूल्यमान्यता, क्रियाकलाप, बानीव्यहोरा, दिनचर्या, वस्त्राभूषण, लोकबोली,लोकपरिकार, लोकज्ञान, लोकव्यवहार आदिलाई लोकतत्त्व भन्न सकिन्छ ।निष्कर्षमा भन्नुपर्दा मानव जातिको ज्ञान नै लोकतत्त्व हो । दिपक बहादुर बुढा, हुम्ला