लैंगिक हिंसा लिङ्गका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचिनकाल देखि नै समस्या को रूपमा देखिदै आएको छ। लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा,अध्ययन, कार्यस्थल,परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास,धम्कि दिनु,पारिश्रम नदिनु वा कम दिनु,अश्लील शव्द बोन्नु,अश्लील फोटो देखाउनु आदि सबै लैंगिक हिंसा हो। हाम्रो लगायत विश्वका धेरै समाजहरूमा पुरूष भन्दा महिलाहरू विभिन्न प्रकारका हिंसाबाट वढि पिडित भएका कारण लैंगिगताको आधारमा हुने हिंसामा महिलामाथि हुने हिंसाबारेको छलफल बि किन्द्रित रहन्छ।