'ली बाई' (चीनियाँ: 李白; पिनयिन: Lǐ Bái, ७०१–७६२) चीनियाँ इतिहासका सबैभन्दा प्रसिद्ध र महान् कविहरूमध्ये एक थिए। उनी ताङ वंशका व्यक्ति थिए जसको स्थापना ली परिवारले गरेको थियो। ली बाइको काव्यलाई चीनियाँ साहित्यमा सबैभन्दा उत्कृष्ट काव्य मानिन्छ। उनलाई पहिले 'ली बो' भनिन्थ्यो र उनको सौजन्य नाम 'ताइबाइ (太白)' थियो। ली बाइका एक मिल्ने साथी थिए — 'दु फु' (७१२–७७०) र यी दुवैलाई ताङ वंशका प्रमुख कविहरूको रूपमा लिइन्छ। उनीहरू जीवित रहेसम्मको समयलाई "चीनियाँ कविताको स्वर्ण युग" भनिन्छ किनकि यस समयमा धेरै उत्कृष्ट कविता सिर्जना गरिएका थिए। "तीन आश्चर्य" भन्ने अभिव्यक्तिले तीन महान प्रतिभालाई जनाउँछ जसमध्ये एक ली बाइको कविता पनि हो। पेइ मिनको तरबार चलाउने कला र झाङ सुइको सुन्दर हस्तलिपि बाँकी दुई आश्चर्य हुन्।

ली बाई
ली बाईको हिँड्दै गरेको चित्रकला
ली बाईको हिँड्दै गरेको चित्रकला
मूल नाम
李白
जन्मइ.सं. ७०१
जाङयाउ, सिचुआन, ताङ चीन[]
वा
सुइये, ताङ चीन (वर्तमान चुय प्रान्त, किर्गिस्थान)
मृत्युइ.सं. ७६२
दाङटु, ताङ चीन (वर्तमान मानसान, एनहुइ, चीन)
पेशाकवि
राष्ट्रियताचीनियाँ
साहित्यिक आन्दोलनताङ कवि
ली बाई
"ली बाई" चीनियाँ लिपीमा
चिनियाँ नाम
चिनियाँ 李白
ताइबाइ
चिनियाँ 太白
जापानी नाम
खान्जी 李白
हिरागाना りはく
Korean name
Hangul 이백
Hanja

करीब १,००० वटा कविता ली बाईसँग सम्बन्धित छन् जुन हालसम्म पनि सुरक्षित रहेका छन्। उनका कविताहरू ताङ वंशको सबैभन्दा महत्त्वपूर्ण सङ्ग्रह हेयुए यिङलिङ जीमा सङ्कलित छन् जुन ७५३ मा यिन फानद्वारा सङ्कलन गरिएको थियो। ली बाईका ३४ वटा कविताहरूको प्रसिद्ध सङ्ग्रह थ्री हन्ड्रेड ताङ पोएम्समा समावेश छन् जुन १८औँ शताब्दीमा पहिलो पटक प्रकाशित भएको थियो। यही समयमा उनका कविताहरू यूरोपमा अनुवाद गर्न सुरू गरिएको हो।

ली बाईका कविताहरूमा मित्रताको आनन्द, प्रकृतिको सौन्दर्य, एकान्त र रक्सीको आनन्दलाई प्रशंसा गरिएको पाइन्छ। उनका प्रसिद्ध कविताहरूमा "वसन्तको दिन मादकताको निद्राबाट उठेर" (春日醉起言志), "शूको कठोर यात्रा" (蜀道难), "रक्सी लिएर आउ" (将进酒) र "शान्त रातको विचार"** (静夜思) पर्दछन्। यी कविताहरू आज पनि चीनका विद्यालयहरूमा पढाइन्छन् र उनका कामहरू विश्वभर विभिन्न भाषाहरूमा अनुवाद भइरहेका छन्। उनको जीवनले पौराणिक रूप लिएको छ जसमा मादकता र वीरताको कथाहरू समावेश छन्। एक पौराणिक प्रसिद्ध कथाका अनुसार ली बाईको मृत्यु उनी रक्सीको नशामा रहँदा नदीमा चन्द्रमाको प्रतिबिम्ब समाउन खोज्दा नदीमा डुबेर भएको थियो।

ली बाईका कविताहरूमा उनको जीवनका अनुभवहरू झल्कन्छन् जसमा उनले भ्रमण गरेका ठाउँहरू, दुरदराजको यात्रा गर्दै विदा भएका साथीहरू, उनका गहिरा कल्पनाहरू, आध्यात्मिक गुणहरू, वर्तमान घटनाहरू र प्रकृतिको वर्णन गरेका छन्। उनका प्रारम्भिक कविताहरू शान्ति र समृद्धिको "सुनौलो युग" मा लेखिएका थिए।

ली बाईलाई जिन गूलियाङद्वारा लेखिएको वु शुआङ पु (無雙譜, "अतुलनीय नायकहरूको तालिका") मा पनि चित्रण गरिएको छ, जसले पौराणिक व्यक्तिहरूको चित्रण गर्दछ।

ली बाईको जीवनबारे जानकारी दिने भरपर्दो स्रोतहरूमा ऐतिहासिक अभिलेख, दि ओल्ड बुक अफ ताङदि न्यू बुक अफ ताङ नै प्रमुख हुन्। यी पुस्तकहरूले उनको जीवनका महत्त्वपूर्ण जैविक विवरणहरू प्रदान गरेका छन्। अन्य स्रोतहरूमा भने उनका कविताहरूको सङ्कलनमा उनको नातेदार र साहित्यिक उत्तराधिकारी ली याङबिङद्वारा लेखिएको प्राक्कथनका साथै ली बाईका आफ्नै रचना र उनीबारे लेखिएका अन्य रचनाहरू पर्दछन्।

पृष्ठभूमि र जन्म

सम्पादन गर्नुहोस्

ली बाईको जन्म सन् ७०१ मा प्राचीन चीनको सुइये (碎葉)मा भएको विश्वास गरिन्छ, जुन आजको किर्गिस्तानमा पर्दछ। उनको परिवार सीमाक्षेत्रमा व्यापार गर्थ्यो र उनीहरू व्यापारद्वारा नै सम्पन्न भएका थिए। जब ली बाई लगभग पाँच वर्षका भए, उनका बुवा ली के (李客)को नेतृत्वमा सपरिवार सिचुआनको आधुनिक चेङ्दु नजिकैको जियाङयु (江油)मा बसाईँ सरेका थिए। यद्यपि परिवारको यस स्थानान्तरणको ठ्याक्कै कारण स्पष्ट छैन।

पारिवारिक पृष्ठभूमि

सम्पादन गर्नुहोस्

समकालिन ली याङबिङ (एक पारिवारिक नातेदार) र फान चुआनझेङका अनुसार ली बाईको परिवारको मूल घर हालको गान्सुको दक्षिण-पश्चिममा पर्ने जिङनिङ काउन्टीमा थियो। उनका वंशज परम्परागत रूपमा पश्चिमी लिआङ राज्यका संस्थापक ली गाओसम्म जोडिएका छन्। यस वंशावलीले ली बाइको दाबीलाई समर्थन गर्दछ कि उनी ताङ वंशका राजपरिवारसँग सम्बन्धित थिए किनकि ताङ सम्राटहरूले पनि पश्चिमी लिआङका शासकहरू नै आफ्नो वंशज भएको दाबी गर्थे। उनको परिवारलाई लङ्सी ली वंश (隴西李氏) भनेर चिनिन्थ्यो।

ऐतिहासिक प्रमाणहरूले देखाउँछ कि सुइ वंशको समयमा ली बाईका पूर्वजहरूलाई साधारण मानिसको रूपमा वर्गीकृत गरिएका कारणले आफ्नो मूल घर गान्सु छोडेर त्यहाँबाट पश्चिमतिर कुनै ठाउँमा निर्वासित भएका थिए। यस निर्वासनको क्रममा उनको परिवार सुइये भन्ने प्राचीन सिल्क रोड शहरमा बस्यो, जुन अहिलेको किर्गिस्तानमा रहेको एक पुरातात्त्विक स्थल हो। उनीहरू सम्भवतः आधुनिक अफगानिस्तानको गजनी नजिकको तियाओझीमा पनि बसेका थिए। यी क्षेत्रहरू प्राचीन सिल्क रोडमा पर्छन् जहाँ ली बाईको व्यापारीक परिवार व्यापार गरेर आर्थिक रूपमा धेरै फस्टाएको थियो।

प्रारम्भिक जीवन

सम्पादन गर्नुहोस्

सन् ७०५ मा जब ली बाईको उमेर चार वर्ष थियो, उनका बुबाले गुप्त रूपमा परिवारलाई सिचुआनको चेङ्दु नजिकै स्थानान्तरण गरे जहाँ ली बाईले आफ्नो बाल्यकाल बिताए। यो घटनालाई सम्झनका लागि हाल सिचुआन प्रान्तको झोङ्बामा एउटा स्मारक बनाइएको छ। उक्त क्षेत्रलाई त्यस समयमा शु भनेर चिनिन्थ्यो जुन पहिले स्वतन्त्र राज्य थियो तर पछि सुइ वंशद्वारा कब्जा गरिएको थियो।

ली बाईले आफ्नो किशोरावस्थाको अधिकांश समय चाङमिङ काउन्टीको चिङलियान (青莲) भन्ने ठाउँमा व्यतित गरेका थिए। उक्त स्थान वर्तमानमा जियाङयुमा पर्ने चिङलियान गाउँ सँग मिल्दोजुल्दो छ।

ली बाई कलिलै उमेरदेखि नै अध्ययनशील थिए। उनले कन्फ्युसियसका शास्त्रहरू जस्तै शिजिङ (कविता) र शुजिङ (इतिहास शास्त्र) अध्ययन गरे। उनले खगोल विज्ञान र दर्शनशास्त्रका सामग्रीहरू पनि अध्ययन गरे जसबाट कन्फ्युसियसका अनुयायीहरू अक्सर टाढै बस्ने गर्थे। यद्यपि उनले औपचारिक परीक्षा दिन रुचाएनन् तर उनको परिवारको साहित्यिक परम्परामा जग बसाल्न दस वर्षको उमेरमै कविता लेख्न सुरू गरेका थिए।

ली बाई बहुमुखी प्रतिभाका धनी थिए। उनले जङ्गली चरा पाल्ने, तरबारबाजी गर्ने, घोडादौड, शिकार, यात्रा तथा गरीब एवं उत्पीडितहरूको सहायता गर्ने सम्मका सबै कार्यहरू गरे। विस्तारै उनले तरबारबाजीमा दक्षता प्राप्त गरे, आफ्नो यस क्षणलाई एक आत्मकथात्मक उद्धरणमा यसरी वर्णन गरेका छन्:

"जब म पन्ध्र वर्षको थिएँ, म तरबार खेल्न रुचाउँथेँ र त्यो कलासँग मैले थुप्रै महान व्यक्तिहरूसँग प्रतिस्पर्धा गरेँ।"[]

बीस वर्ष नपुग्दै, ली बाईले पहिले नै केही मानिसहरूसँग युद्ध गरेर उनीहरूलाई पराजित गरिसकेका थिए जसको कारण उनलाई बहादुर व्यक्ति मानिन्थ्यो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. दि ओल्ड बुक अफ ताङ: ली बाइ, जसको सौजन्य नाम ताइबाइ थियो, शान्दोङमा जन्मिएका थिए। उनी असाधारण प्रतिभा भएका, ठूलो महत्वाकाङ्क्षा बोकेका र संसारिक कुराहरू भन्दा धेरै माथी उठेको मन भएका दुर्लभ व्यक्ति थिए। उनका बुवा रेन्केङका अधिकारी थिए र उनको परिवारको कारणले ली बाइको विशेष पारिवारिक पृष्ठभूमि थियो। जवान हुँदा उनी धेरै विद्वानहरू जस्तै: कङ चाओफु, हान मियान, पेइ झेङ, झाङ शुमिङ, ताओ मियान र अरूसँग मिलेर लु राज्यबाट ताइ पर्वतमा लुकेर बस्थे। त्यहाँ उनीहरू कविता, गीत रचना गर्दै, रक्सी पिउँदै आनन्द लिन्थे। यो समूहलाई "बाँसको जङ्गल र खोलाका छ साधुहरू" भनेर चिनिन्थ्यो, किनकि उनीहरूले समाजबाट टाढा बसेर प्रकृतिसँग नजिक सरल जीवन बिताएका थिए।"
  2. Wu, 58. Translation by Wu. Note that by East Asian age reckoning, this would be fourteen rather than fifteen years old.