लिम्बु फिल्म साम - Limbu Film Sam

लिम्बु चलचित्र 'साम' २०७५ सालमा निर्माण भएको हो | लिम्बु समुदायमा साम (आत्मा) भड्कियो भने के कस्ता धार्मिक, सांस्कृतिक, आध्यात्मिक तवरले प्रभाव पर्छ भन्ने बिषयमा निर्माण भएको चलचित्र हो | उक्त चलचित्र राष्ट्रिय अन्तराष्ट्रियस्तरमा प्रदर्शन भएर अहिले युटुबमा उपलब्ध छ | चलचित्र सामका लेखक सागर केरुङ हुन् भने निर्देशक किशोर सुब्बा हुन् | चलचित्रमा मोनी ताम्लिङ र यादन सेर्माको स्वर रहेको छ भने सागर केरुङको शब्द संगीत रहेको छ | चलचित्रमा पुष्पा सुब्बा, रुकमान लिम्बु, उदय सुब्बा, देउमान केरुङ, कल्पना योङहाङ, हस्त लिबाङ, केदार श्रेष्ठ, राजु घिमिरे लगायतले अभिनय गरेका छन् भने कुमार बोखतिको छायांकन र मन्दील श्रेष्ठको सम्पादन रहेको छ | चलचित्रका निर्माता किशोर सुब्बा र सागर केरुङ रहेका छन् |

Limbu movie 'Sam' was made in 2075 BS. The movie is about the religious, cultural, and spiritual impact of the Sam (spirit) in the Limbu community. The movie has been screened nationally and internationally and is now available on YouTube. The writer of the movie Sam is Sagar Kerung and the director is Kishore Subba. The movie has the voices of Moni Tamling and Yadan Serma and the music is by Sagar Kerung. The movie stars Pushpa Subba, Rukman Limbu, Uday Subba, Deuman Kerung, Kalpana Yonghang, Hasta Libang, Kedar Shrestha, Raju Ghimire, and others. The cinematography is by Kumar Bokhati and the editing is by Mandil Shrestha. The movie is produced by Kishore Subba and Sagar Kerung.