लिम्बु चलचित्र 'चे' (limbu Film Che)

चलचित्र 'चे' आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउनेविचको द्वन्द्वात्मक कथा हो | दिनानुदिन भत्किरहेको सांस्कृतिक सम्पदाहरूले मानव अस्तित्व र जीवनमा के संकट निम्तिरहेको छ ? भन्ने विषयमा यसको मूल कथानक रहेको छ | एक घण्टा ४५ मिनेट रहेको चलचित्र 'चे' लिम्बु र खस नेपाली भाषामा निर्मत चलचित्र हो, जसको अंग्रेजी सबटाइटल समेत गरिएको छ | नेपालमा लिम्बुहरु राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवंम् विविध तवरले  कसरी चे (लास) भइरहेका छन् भन्ने कथा हो अर्थात यो लासको कथा हो | लिम्बु समुदायमा आधुनिक विकासले के कस्ता सांस्कृतिक नरसंहारहरु नित्याईरहेको छ भन्ने चित्रण नै 'चे'को सार हो | जुन चलचित्रको लेखन निर्देशन र निर्माण सागर केरुङले गरेका छन् | सन् २०२४ अर्थात बिक्रम सम्बत २०८१ सालमा निर्मित 'चे'ले याक्थुङ सिने अवार्ड २०८१ र एफ एल एफ अवार्ड २०२४ मा सर्वोकृष्ट अवार्ड प्राप्त गरेको छ | याक्थुङ फिल्म्स प्रा.लि.को ब्यानरमा निर्मित चलचित्रमा इन्दु फोम्बो र सबु लिम्बु थाम्सुहाङ निर्माताको रुपमा रहेका छन् | मोनी ताम्लिङ, इन्दु फोम्बो र नोगेन लिम्बुको स्वर रहेको छ भने बुद्दराज लिम्बु र सागर केरुङको संगीत रहेको छ | युवराज राइको छायांकन, परशु लिम्बुको सम्पादन, अमृता जबेगुको शृंगार रहेको चलचित्रमा सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, कर्नाहाङ सुब्बा, रत्ना लिङदेन लावती, पूर्ण सेलीङ, नुनाम केरुङ, प्रनेश थेबे लगायतले अभिनय गरेका छन् |

The film 'Che' is a conflicting story between destroying and preserving cultural heritage in the name of modern development. Its main plot is about what crisis is being created in human existence and life due to the cultural heritage that is being destroyed day by day. The one-hour and 45-minute film 'Che' is a film made in Limbu and Khas Nepali languages, with English subtitles. It is a story about how the Limbus in Nepal are being "che" (dead) in various ways, politically, socially, culturally, religiously and in other ways, that is, it is a story of a dead person. The essence of 'Che' is to depict what kind of cultural genocide is being carried out by modern development in the Limbu community. The film was written, directed and produced by Sagar Kerung. 'Che', produced in 2024, i.e. Bikram Sambat 2081, has won the best award at the Yakthung Cine Award 2081 and the FLF Award 2024.  Produced under the banner of Yakthung Films Pvt. Ltd., the film is produced by Indu Fombo and Sabu Limbu Thamsuhang. The voice is by Moni Tamling, Indu Fombo and Nogen Limbu, while the music is by Buddaraj Limbu and Sagar Kerung. The film, which has cinematography by Yubaraj Rai, editing by Parashu Limbu, and makeup by Amrita Jabegu, features Sagar Kerung, Bimala Khajum, Yaseli Yonghang, Nisham Tumbapo, Bhavendra Thamsuhang, Karnahang Subba, Ratna Lingden Lawati, Purna Sailing, Nunam Kerung, Pranesh Thebe, among others.