लिम्बुवान सामुदायिक पुस्तकालय
लिम्बुवान सामुदायिक पुस्तकालय पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं. १० याङ्नाम खलंगाटारमा रहेको छ । यसको स्थापना २०६७ साल मंसिर २५ गते भएको हो । यस पुस्तकालयका संस्थापक सागर केरुङ हुन । बुवा स्वर्गीय ऐतराज केरुङ र आमा विष्णुमाया आङ्देम्बेको सम्झनामा निर्माण भएको हो । सागर केरुङ, मधु केरुङ, बिरबल केरुङ र बिमल केरुङ लगायत छोराछोरीहरुले स्थापना गरेको हो । नेपाल आदिवासी जनजाति महासंघलाई जग्गा दान गरि उक्त भवनमा लिम्बुवान सामुदायिक पुस्तकालय स्थापना गरिएको हो ।