लिंगनान संस्कृति, वा क्यान्टोनिज संस्कृति, चिनको दक्षिण भुभागको दुई प्रान्त गुआन्झोउ र गुआंगसीको क्षेत्रिय संस्कृति लाई जनाउँदछ । 

लिंगनान संस्कृतिका दुई परिभाषा रहेका छन्:

  1. भुगोल अनुसार यस शब्दले क्यान्टोनिज संस्कृतिलाई मात्र नभई लिंगनान क्षेत्रको अल्पसंख्यक समूहहरूलाई समेत समावेश गरेको छ ।
  2. सामान्यतया यस शब्दको प्रयोग क्यान्टोनिज संस्कृतिलाई जनाउनको लागि प्रयोग गर्ने गरिन्छ ।

क्यान्टोनिज मान्छेहरूको छिमेकी शहर हङकङमकाउ साथै धेरै विदेशी समुदाय मा बसाइसराईले, लिंगनान/क्यान्टोनिज संस्कृति अन्तर्राष्ट्रिय समुदायमा प्रभावशाली सांस्कृतिक शक्तिको रूपमा स्थापित तथा हङकङ र मकाउ को आधार संस्कृतिको रूपमा रहेको छ ।

इतिहास सम्पादन गर्नुहोस्

 
एेतिहािसक अधिराज ऐइ सँग सम्बन्धित मूर्ति

इसा पूर्व २०० मा गुआंगडुंग तथा गोंगसाइ तथा उत्तरी भियतनामका भुभागहरूलाई न्यानयुई अधिराज्यले नियन्त्रण गर्ने गर्दथे । यो अधिराज्यलाई पछि हान सामाज्यले विजय गरेको थियो र इसा पूर्व १०० मा हान चाइनिजको नियन्त्रणमा आएको थियो ।

पछि १० औँ तथा १३ औँ शताब्दिमा उत्तरमा मंगोलको आक्रमणले गर्दा हान चाइनिज प्रवासिहरूको आगमन भएको थियो र यसकारण नान्युन जनता र हान चाइनिजको ठूलो परिणाममा अन्तरमिश्रण भएको थियो ।[१] यसको साथै आधुनिक क्यान्टोनिज मानिसहरू वंगषाणुगत रूपमा प्राचिन हान चाइनिज तथा नान्युन रहेको तथ्य समेत छ । [२] आधुनिक लिंगनान संस्कृतिमा समेत नान्युन तथा हान चाइनिज तत्वहरू रहेको पाइन्छ ।

वास्तुकला सम्पादन गर्नुहोस्

लिंगनान वास्तुकला जुन क्यान्टोनिस मानिसहरूसँग सम्बन्धित छ लिंगनान धर्मको विशिष्ट वास्तुकला शैलि हो । [३][४]यो वास्तुकला मौसम तथा श्रोतहरूको उपलब्धताले गर्दा हान चिनिया धर्मको भन्दा पृथक रहेको छ, यी दुबै कुरालाई लिंगनानको भौगोलिक अवस्थाले प्रभावित रहेको छ । समग्रमा पारम्परिक लिंगनान वास्तुकलामा हरियो तथा सेतो हल्का रंगको प्रयोग हुने गर्दथ्यो, गोलाकार तथा बेलनाकार संरचनाहरूको कम प्रयोग हुने गर्दथ्यो, कौसि जस्ता खुला संरचनाहरू हुने गर्दथ्यो, ठूलो संख्यामा कुदिएको मुर्तिहरू तथा प्रतिमा हुने गर्दथ्यो तथा ओसबाट बचाउनको लागि सामग्री प्रयोग गर्ने गरिन्थ्यो । गुआन्झोउको चान चान मन्दिर परम्परागत लिंगनान वास्तुकलाको प्रतिनिधित्व गर्ने उदाहरण हो । यो मन्दिर १९ औँ शताब्दिको अन्तिम तिर भएको तथा गुआन्झोउ प्रान्तको चान परिवारको ७२ गाँउहरूको प्रज्ञा प्रतिष्ठानको रूपमा प्रयोग हुने गर्दथ्यो ।

साहित्य सम्पादन गर्नुहोस्

क्यान्टोनिस भाषाको एक हजार वर्ष पूरानो इतिहास रहेको छ भने कविता तथा साहित्यको सम्पदाको धनि समेत रहेको छ । लिंगनानका मानिसहरूले ७ औँ शताब्दि देखि कविता लेख्ने गर्दथे । जेउंग गाउ लिंग तांग साम्राज्यको धेरै कहलिएका कवि थिए ।

परिकार संस्कृती सम्पादन गर्नुहोस्

लिंगनान क्षेत्र हान चिनिया क्षेत्र भन्दा विशिष्ट भौगोलिक वातावरण रहेको थियो । यस क्षेत्रमा यहाँको वातावरणको कारणले राम्रो कृषि तथा मत्सयपालन हुने गर्दछ । जसको कारणले लिंगनानको परिकारमा विभिन्न खालको खानेकुरा मिसिएको हुने गर्दछ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. 越人底色+移民——广府源流 वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०९ मिति
  2. Wee, J. T., Ha, T. C., Loong, S. L., & Qian, C. N. (2010). Is nasopharyngeal cancer really a" Cantonese cancer"?. Chinese journal of cancer, 29(5), 517-526.
  3. 淺談嶺南民居的嶺南建築特色
  4. Hao, X. I. E. (2010). Possibility of Lingnan Architectural Design [J]. Interior Design, 1, 014.