रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति

दूरसञ्चार लगायतका क्षेत्रहरूमा प्रयोग हुने रेडियो फ्रिक्वेन्सीका सम्बन्धमा नेपालको राष्ट्रिय नीति निर्धारण तथा फ्रिक्वेन्सी बाँडफाँड गर्न एक उच्चस्तरीय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति को गठन व्यवस्था दूरसञ्चार ऐन, २०५३ को दफा ४९ मा गरिएको छ।

संरचना सम्पादन गर्नुहोस्

नेपालमा रेडियो फ्रिक्वेन्सी सम्बन्धी नीति निर्धारण तथा बाँडफाँड गर्नको लागि व्यवस्था गरिएको उच्चस्तरीय समितिमा देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरु रहने प्रावधान छ।[१]

  1. सञ्चार तथा सूचना प्रविधि मन्त्री वा राज्य मन्त्री – अध्यक्ष
  2. सचिव, गृह मन्त्रालय – सदस्य
  3. सचिव, रक्षा मन्त्रालय – सदस्य
  4. सचिव, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य
  5. सचिव, सूचना तथा सञ्चार मन्त्रालय – सदस्य
  6. अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण – सदस्य
  7. नेपाल सरकारले तोकेको कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको विशेषज्ञ अधिकृत – सदस्य सचिव

काम, कर्तव्य र अधिकार सम्पादन गर्नुहोस्

रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको काम, कर्तव्य र अधिकार यस प्रकार तोकिएको छ।

  • रेडियो फ्रिक्वेन्सी सम्बन्धी नीति निर्धारण गर्ने ।
  • विभिन्न सेवाको लागि रेडियो फ्रिक्वेन्सी निर्धारण तथा बाँडफाँड गर्ने ।
  • रेडियो फ्रिक्वेन्सीको मूल्य नीति तय गर्ने ।
  • रेडियो फ्रिक्वेन्सीको अन्तर्राष्ट्रिय तथा बहुउद्देश्यीय समन्वयको लागि नीति तय गर्ने।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. दूरसञ्चार ऐन, २०५३ वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२३ मिति