रुद्र पाण्डे
रुद्र पाण्डे, (नौविसे,धादिङ, १९६३मा नेपालमा पैदा भएका) वर्तमान डियरवाक इन्क [१], लेक्सिङ्गटन, म्यासाचुसेट्स स्थित एक स्वास्थ्य विश्लेषिकी कम्पनीका कार्यकारी अध्यक्षका रूपमा कार्यरत एक नेपाली उद्यमी हुन् [२]। उनी डियरवाक इन्टिच्युट अफ टेक्नोलोजी संस्थाका अध्यक्षको रूपमा पनि कार्यरत छन्।[३]
रूद्र पाण्डे | |
---|---|
राष्ट्रियता | नेपाली |
शिक्षा | मेहेरान विश्वविद्यालय, नर्थ इस्टर्न विश्वविद्यालय |
चिनारीको कारण | डिटुहकाइका सह-संस्थापक; डियरवाक का संस्थापक; संस्थापक; हाम्रो पार्टी का संस्थापक मार्गप्रदर्शक |
शिक्षा
सम्पादन गर्नुहोस्पाण्डेले मेहरान इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ममा स्नातक र नर्थईस्टर्न विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।
व्यवसायीक जीवन
सम्पादन गर्नुहोस्पहिले,पाण्डेले डिटुहकाईको सहसस्थापना गरे र मूख्य प्राविधिक अधिकारीकारूपमा कार्य गरे। जब डिटुहकाईको भेरिस्क एनालिटिक्समा विलय भयो [४][५],डिटुहकाई भेरिस्क हेल्थ भयो जहाँ पाण्डेले मूख्य कार्यसञ्चालन अधिकारीको रूपमा सेवा गरे। आफ्नो व्यवसायिक जीवनको सुरुवातमा, पाण्डेले व्यवसायिक सिस्टम इन्जिनियर, डेटाबेस आर्किटेक्ट र परामर्शदाताका रूपमा कार्य गरेका छन्।
पारिवारिक जीवन
सम्पादन गर्नुहोस्पाण्डे आफ्नी श्रीमती मुना पाण्डेका साथमा, लेक्जिङ्टन म्यासेचुसेटमा बस्छन्। उनकी दुई छोरीहरू छन् जसको नाम एरिका पाण्डे र माहिका पाण्डे हो।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ रुद्र पाण्डे अमेरिकी राजदुतावास प्रस्तुती वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-११ मिति
- ↑ रुद्र पाण्डे कार्यकारी अधिकारीको रूपमा
- ↑ रुद्र पाण्डे डियरवाक इन्टिच्युट अफ टेक्नोलोजीमा वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०९ मिति
- ↑ डिटुहकाईको भेरिस्क एनालिटिक्समा विलय
- ↑ डिटुहकाईको भेरिस्क एनालिटिक्समा विलय प्रेस विज्ञप्ती वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२८ मिति