रुक्म शमशेर राणा नेपाली व्यापारी, व्यवसायी, खेल अधिकारी तथा कुटनीतिज्ञ हुन्। उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए।

राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। उनी दुई पटक सदस्यसचिव[] र नेपाल ओलम्पिक कमिटीको अध्यक्ष भएका थिए। उनले वि.सं. २०५० देखि वि.सं. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं. २०५५ सम्म सदस्य सचिव रहेर काम गरेका थिए। राणाले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए तथा नेपाल तेक्वान्दो संघ र नेपाल एथलेटिक्स संघको समेत अध्यक्ष भएका थिए।

व्यक्तिगत जीवन

सम्पादन गर्नुहोस्

सुवर्ण शमशेर राणाका जेठा छोरा कनक शमशेर, माइला कञ्चन र कान्छा रुक्म हुन्। उनको मृत्यु २०७८ भदौ २६ मा भयो। []

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "सदस्य सचिव", राष्ट्रिय खेलकुद परिषद्, अन्तिम पहुँच २०७८ भदौ २६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०९-१२ मिति
  2. "व्यवसायी रुक्म शमशेर राणाको निधन", अनलाइन खबर, अन्तिम पहुँच २०७८ भदौ २६ 

बाहिरी लिङ्कहरू

सम्पादन गर्नुहोस्