रामबाबु सुवेदी (वि.सं. २००४ - ) साहित्यकार हुन्। उनी बालसाहित्यका पुस्तक बढी प्रकाशित छन्।

जीवनी सम्पादन गर्नुहोस्

रामबाबुको जन्म वि.सं. २००४ साल जेठमा कास्की जिल्लाको हंसपुरमा भएको हो। स्नातक तह पूरा गरेका सुवेदीले लामो समय शिक्षण पेशा अंगालेका थिए। उनी नेपाल बाल साहित्य समाजमा सक्रिय छन्।

कृति सम्पादन गर्नुहोस्

उनको पहिलो रचना वि.सं. २०२४मा "भानु उदय"मा प्रकाशित 'प्रभात' शीर्षकको कविता हो। उनका केही कृतिहरूः

  • दुई धारा (संयुक्तलेखन/सङ्ग्रह, वि.सं. २०२४)
  • गङ्गा (कवितासङ्ग्रह, वि.सं. २०४४)
  • बाँ बाँ बाच्छी (बालकवितासङ्ग्रह, वि.सं. २०४४)
  • भ्यागुतो र बाच्छी (बालचित्रकथा, वि.सं. २०३८)
  • आगोपानी (बालकाव्य, वि.सं. २०६५)
  • तीन धारा (संयुक्तलेखन, बाल-खण्डकाव्य)
  • पानी पानी (बालकवितासङ्ग्रह, वि.सं. २०४९)
  • भँगेरी (बालकवितासङ्ग्रह, वि.सं. २०५१)
  • आमाजस्ती गुरुमा (बालकवितासङ्ग्रह, वि.सं. २०६०)
  • नेपाल आमा (बालकवितासङ्ग्रह, वि.सं. २०५६)
  • घान्द्रुक झलल (बालगीतसंग्रह, वि.सं. २०५९)
  • च्यान्टे घोडाको कथा (बालचित्रकथा, वि.सं. २०६०)
  • चमेलीको बास्ना (बालचित्रकथा, वि.सं. २०६०)
  • झस्किएको सिन्दूर (छन्दकविताहरू, वि.सं. २०६६)

सम्पादित, अनुदित र फुटकर कृति सम्पादन गर्नुहोस्

  • प्रतिभा (त्रि.आ.मा.वि. फर्पिङ्गको मुखपत्र, सम्पादन)
  • भज्याङ (मुखपत्र, सम्पादन)
  • विभिन्न पत्र-पत्रिकाहरूमा कविता, निबन्ध, लेख प्रकाशित,

पुरस्कार सम्पादन गर्नुहोस्

  • नेपाल आमाका लागि वि.सं. २०५६ सालको साझा बालसाहित्य पुरस्कार
  • वि.सं. २०२३मा राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम (नेपाल युवक सङ्गठन)
  • वि.सं. २०२४मा गण्डकी अञ्चलव्यापी साहित्य सम्मेलनमा प्रथम
  • वि.सं. २०२४मा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा क्रमशः तेस्रा र प्रथम
  • वि.सं. २०२५मा राष्ट्रव्यापी निबन्ध प्रतियोगिता (सनातन धर्म सेवा समिति, काठमाडौँ/प्रथम)
  • वि.सं. २०२५मा साहित्य सम्मेलन-गण्डकी छात्र समितिमा प्रथम

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्