राजमान सिंह चित्रकार (१७९७-१८६५)) १९ औँ शताब्दीको मध्यतिरका एक नेपाली कलाकार हुन् उनले ब्रिटिश र नेपाली अदालतहरूको लागि काम गरे र ठूलो संख्यामा तस्विरहरू बनाए। उनले विशेष गरी प्राकृतिक इतिहासका विषयहरूको चित्रणमा योगदान पुर्‍याए, विशेष गरी चराहरू र त्यो पनि पानी रङ्गमा। पारम्परागत शिल्पकलामात्र प्रचलित रहेको समयमा उनले युरोपेली शैलीलाई परिचित गराए। राजमान सिंह नेपालमा प्रकाश र परिप्रेक्ष्यको पश्चिमी अवधारणाहरू लागू गर्ने पहिलो व्यक्ति थिए र उनलाई नेपाली चित्रकलामा त्रि-आयामिक प्रभावहरू भित्र्याउने श्रेय पनि दिइन्छ। [१] विद्वानहरूले उनलाई नेपाली कलामा अग्रगामीको रूपमा चित्रण गरेका छन्, यद्यपि ब्रायन हाउटन हजसनको ट्युटलेजसम्म यी तथ्य प्रायः अज्ञात रहेका थिए। [२]

कला र पृष्ठभूमि सम्पादन गर्नुहोस्

 
एसियाटिक सोसाइटी अफ बङ्गाल जर्नल (१८४३) भूटानको विशाल उड्ने लोखर्केको चित्रणको लागि कलाकारलाई श्रेय सहित

राजमान सिंहको जन्म काठमाडौंको चित्रकार परिवारमा नेवार जाति र परम्परागत रूपमा कलाकारिता गर्ने परिवारमा भएको थियो। तसर्थ, उहाँ पाउभा चित्रकला र अन्य धार्मिक कला सिर्जनामा संलग्न थिए।

सम्मान सम्पादन गर्नुहोस्

थोरै मानिसले चिन्ने राजमान सिंह हालसालै उनको आफ्नो अभूतपूर्व कामको सार्वजनिकरण पछि प्रख्यात भएका छन्। डिसेम्बर १२, २०१२ मा, नेपाल सरकारको हुलाक सेवा विभागले उनको पोट्रेटलाई संस्मरणात्मक हुलाक टिकटको रूपमा प्रकाशित गरेर उनलाई १९औँ शताब्दीमा उनले नेपालको कलाको विकासको लागि गरेको योगदानको कदर गरेको छ। हुलाक टिकटले पानीरङ्गमा उनले बनाएका स्तनधारी र चराको चित्रहरूको पनि उदाहरण देखाएको छ। [३]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Chitrakar, Madan (२०१२), "Raj Man Singh Chitrakar (1797-1865): The Discovery of a Pioneer Artist", Nepali Art, Kathmandu: Teba-Chi Studies Centre, पृ: 113–121, आइएसबिएन 978-9937-2-4933-1 
  2. Joshi, Harihar Raj (२००५), The First Nepali Pioneer Artist: Raj Man Singh Chitrakar, Nepal Studies, आइएसबिएन 9781935041405 
  3. "Commemorative stamps issued", काठमाडौँ पोस्ट, १ जनवरी २०१३, मूलबाट २ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २ डिसेम्बर २०१३ मिति