राजु शाक्य नेपाली फुटबलका प्रशिक्षक हुन् ।

राजु शाक्य
व्यक्तिगत जानकारी
पुरा नाम राजु शाक्य

राजूकाजी शाक्यको बुझाईमा फुटबलमा सफलता हासिल गर्न केही मन्त्र चाहिन्छ । पढेर होइन परेर नेपाली फुटबलका विषयमा धेरै बुझेका शाक्यले जीवनका थुप्रै अवरोहहरुमा पनि फुटबललाई त्याग्न सकेनन् । अब त शाक्यलाई पनि बुढ्यौलीले छुन थाल्यो । तर, उनी नेपालले दक्षिण एशियाली खेलकुदमा २३ वर्षपछि पूरुष फुटबलतर्फ स्वर्ण जित्दा उस्तै जोशमा लामो कपाल हल्लाउँदै थिए । जस्तो उनी २३ वर्षअघि नेपालले बंगलादेशमा उपाधी जित्दा थिए । फरक यत्ति छ , त्यतिबेला शाक्य टोलीको कप्तान थिए अहिले प्रशिक्षक छन् । उनैको प्रशिक्षणमा नेपालले २३ वर्षपछि दक्षिण एशियाली खेलकुदमा पूरुष फुटबलतर्फ स्वर्ण जित्यो । नेपालले दक्षिण एशियाली खेलकुदमा पूरुष फुटबलतर्फ स्वर्ण जितेको यो तेस्रोपटक हो । शाक्यमात्रै एक त्यस्ता पात्र हुन् जो नेपालले तीनै पटक स्वर्ण जित्दा महत्वपूर्ण भूमिकामा छाए ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्