रञ्जुश्री पराजुली
रञ्जुश्री पराजुली (सन् १९४८ - ) साहित्यकार हुन्।
जीवनी
सम्पादन गर्नुहोस्रञ्जुश्रीको जन्म सन् १९४८ डिसेम्बर १ तारीखका दिन काठमाडौंमा भएको हो। नेपालीमा एम्. ए. गरेकी पराजुली शिक्षण पेशामा छन्।
कृति
सम्पादन गर्नुहोस्उनी कथा, निबन्ध आदिमा कलम चलाउँछिन्। उनका कृतिहरूः
- दस थुङ्गा फूल (बालकथा सङ्ग्रह)
- विदेशमा बताएका केही वर्ष यात्रा संस्मरण
- अन्ध विश्वास
- भुण्टी बाघ
- म बिरामी छैन
- चिम्पु र घडी
- कथावाटिका
- परिस्थितिसँग अलमलिदा
- मितेरी गाउँ
- सबै आमाका सन्तान
- हरियाली
- अन्धविश्वास
- नेपाली बालसाहित्यको नालीबेली
उनका विभिन्न पत्र-पत्रिकाहरूमा कथा, कविता, लेख, निबन्ध प्रकाशित छन्।
पुरस्कार
सम्पादन गर्नुहोस्उनले टाटेपाङ्ग्रे का लागि जनकप्रसाद हुमागाईं र विजय चालिसेका साथ २०५७ सालको साझा बालसाहित्य पुरस्कार पाएकी हुन्।