याम बहादुर घले (जन्म १९६३), जसलाई वाइबा घले (YB Ghale) , नामले पनि चिनिने गर्दछ । उनी एक नेपाली पुर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । साथै उनले एन्फाका लागि प्राविधिक सल्लाहकार भएर समेत काम गरेका थिए ।[१]

वाइबा घले
व्यक्तिगत जानकारी
पुरा नाम याम बहादुर घले
खेल्ने स्थान(हरू) स्ट्राइकर
अन्तर्राष्ट्रिय करियर
नेपाल

खेल जीवन सम्पादन गर्नुहोस्

घले, भिक्टोरिया क्रस विजेता गजे घलेका छोरा हुन् । उनी नेपालले पहिलो साफ गेममा फुटबल तर्फ स्वर्ण पदक जित्दाका एक महत्त्वपूर्ण सदस्य रहेका थिए । उनी नेपालीका फुटबलको पहिलो पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । उनी नेपालका लागि पहिलो गोल गर्ने खेलाडी समेत हुन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Ailing Ghale gets assistance", The Himalayan Times, अन्तिम पहुँच १२ अगस्ट २०१४  वेब्याक मेसिन अभिलेखिकरण १३ अगस्ट २०१४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्