यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले (गीत)

(यस्तो पनि हुँदो रैछ (गीत)बाट अनुप्रेषित)

यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले (वा यस्तो पनि हुँदो रैछ; जिन्दगीमा कैले कैले ) फत्तेमान राजभण्डारीले स्वर दिएको गीत हो। यस गीतका गीतकार यादव खरेल हुन्।

"यस्तो पनि हुँदो रहेछ"
फत्तेमान राजभण्डारीको एकल
सार्वजनिकवि.सं. २०२५
स्टुडियोरेडियो नेपाल
गीतकार(हरू)
फत्तेमान राजभण्डारी एकल कालक्रम
"यस्तो पनि हुँदो रहेछ" "वि.सं. २०२५"

लेखन तथा गायन सम्पादन गर्नुहोस्

यादव खरेलले लेखेको यो गीत सङ्गीतकार नातिकाजीले २०२२ साल तिर यो गीत फत्तेमानलाई गाउन प्रस्ताव गरेका थिए। रेडियो नेपालमा कहिल्यै नदेखेकालाई गाउन दिन मन नभए पनि खरेलको "मलाई यहि गायक चाहिन्छ" भनेर ढिपी गर्ने हैसियत पुगेको थिएन। फत्तेमानले यो गीतको खुब अभ्यास गरे। र रेडियो नेपालले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय गायन प्रतियोगिता २०२५ मा भाग लिँदै यादव खरेलको शब्द र नातिकाजीको संगीत रहेको यो गीत गाए।

प्रतियोगितामा पहिलो स्थान उनैले पाए। एउटै गीतले फत्तेमानलाई गायक र यादव खरेललाई गीतकारको रूपमा स्थापित गरायो। [१]

समालोचना सम्पादन गर्नुहोस्

शब्द सम्पादन गर्नुहोस्

यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले

कसैलाई माया गर्नु एउटा भुल गरे मैले

यस्तो पनि हुँदो रहेछ

मेरो जस्तो माया दिने तिमिलाइ हजार होला

तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु रोला

जसलाइ आफ्नो सम्झेको थियेँ उही बिरानो भयो अहिले

कसैलाई माया गर्नु एउटा भुल गरे मैले

यस्तो पनि हुँदो रहेछ

मेरो माया कुल्चि जाने तिम्रो माया फलोस फुलोस

मेरो इच्छा मारि जाने तिम्रो इच्छा सधै पुगोस

उदास आख़ाँ मेरा पनि सपना देख्थे कहिले कहिले

कसैलाई माया गर्नु एउटा भुल गरे मैले

यस्तो पनि हुँदो रहेछ

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. फत्तेमानको हात्ती * यादव खारेल नागरिक २०७० भदौ २६