यथार्थ र वाद शब्द मिलेर यथार्थवाद शब्द बनेको छ । अर्थं अनतिक्रम्य यथा स्यात् तथा वदनम् इति यथार्थवादः अर्थात् यथार्थ जस्तो छ ठिक त्यस्तै भन्नु । अर्को शब्दमा इन्द्रिय-प्रत्यक्षबाट वस्तुका बारेमा प्राप्त हुने ज्ञान नै यथार्थ हो र त्यही यथार्थसम्बन्धी सिद्धान्त नै यथार्थवाद हो । []

यथार्थ र वाद शब्दको संयोगबाट यथार्थ शब्दको निर्माण भएको हो । शाब्दिक व्युत्पत्ति अनुसार यसको अर्थ हुन्छ वास्तविक,अर्थात जस्तो छ त्यस्तै । यथार्थवाद दर्शन र साहित्यका क्षेत्रमा उत्तिकै प्रचलित रहेको देखिन्छ । दर्शनका क्षेत्रमा यसले भौतिक जगत् बुझाउँछ । भने साहित्यका क्षेत्रमा संसारमा जुन वस्तु जस्तो छ ठिक त्यस्तै चित्रण भन्ने बुझिने वाद नै यथार्थवाद हो । सत्यम् शिवम् सुन्दरम्प्रति यसको बढी आग्रह रहन्छ । प्लेटोदेखि नै यसको उल्लेख भएको पाइएता पनि उन्नाइसौँ शताब्दीको उत्तरार्धदेखि मात्र यसको प्रवर्तन र विकास भएको हो । फ्रान्सेली उपन्यासकार बाल्जाकलाई यस वादको वास्तविक प्रयोगकर्ता मानिएको छ ।

प्रमुख मान्यताहरू

सम्पादन गर्नुहोस्
  • वस्तु जगत्लाई यथार्थ मानी चित्रण गर्नु,
  • सामाजिक यथार्थ चित्रण गर्नु,
  • जीवनदृष्टि वैज्ञानिक र बौद्धिक हुनु,
  • लौकिक सतयलाई विश्वास गर्नु,
  • निम्न र मध्यम वर्गको वास्तविकता चित्रण गर्नु,
  • कृतिमा चरत्रिलाई बढी महत्त्व दिनु,
  • आञ्चलिकतालाई बढी महत्त्व दिनु,
  • कृतिमा त्रुटि र कमजोरी पनि आंल्याउनु ।

नेपाली साहित्यमा तिनको प्रयोग

सम्पादन गर्नुहोस्

नेपाली साहित्यमा लैनसिंह बाङ्देलको मुलुकबाहिर उपन्यास (२००४)बाट विशुद्ध यथार्थवादी धाराको प्रवेश भएको पाइन्छ । यस धाराका अन्य उपन्यासहरूमा हृदयचन्द्रसिंह प्रधानको स्वास्नी मान्छे (२०११), लीलबहादुर क्षेत्रीको बसाइँ (२०१४), इन्द्रबहादुर राईको आज रमिता छ (२०२१), डी.पी। अधिकारीको आशमाया (२०२५) महत्त्वपूर्ण मानिन्छन् । गोपालप्रसाद रिमाल र विजय मल्लका नाटकमा पनि यथार्थवादको प्रयोग पाइन्छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौं : साझा प्रकाशन

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

[१]

[२]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्