मौलिक जरोकिलो पार्टी मिति २०७६ साउन २३ गते निर्वाचन कार्यालयमा दर्ता भएको हो । [१] यसले नेपालकेन्द्रित मौलिक दृष्टिकोण अगाडि बढाएको छ । [२] यो पार्टीको अध्यक्ष नुमानाथ प्याकुरेल हुनुहुन्छ । [३] यो पार्टीको संस्थापक अध्यक्ष सुशील गौतम हुनुहुन्छ। [४]

आधारशिला चतुष्टय : सम्पादन गर्नुहोस्

यो पार्टीले विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्धलाई आधारशिला चतुष्टय मानेको छ। [५] यो पार्टीले युगद्रष्टा निर्मलमणि अधिकारीको अनुसन्धान, अनुष्ठान एवं साधनाको फलस्वरुप अभिनिर्मित सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद एवं आधारशिला चतुष्टयलाई मार्गनिर्देशक मान्दछ। [६]