मो अफताव आलम नेपाली कांग्रेस पार्टीका राजनीतिज्ञ तथा पूर्व संसद सदस्य तथा सभासद हुन्।[१] उनी २०५६ को संसदीय निर्वाचनमा निर्वाचित भई व्यवस्थापिका संसदको समेत सदस्य रहेका थिए। उनी बिसं २०३४ सालमा राजनीतिमा प्रवेश गरेका थिए। उनले राजनीतिक संघर्षका क्रममा २०४६ सालको जनमत संग्रहमा ६ महीना, २०४६को जनआन्दोलनमा ३ महिना र २०६२-६३को जनआन्दोलन-२ का क्रममा पटक पटक जेल जीवन बिताएका छन्।[२]

हत्याकाण्ड सम्पादन गर्नुहोस्

मो अफताव आलम बिसं २०७८ असोज २६ गते २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा पक्राउ परे।[३][४][५]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "कांग्रेसले थप्यो दुई सिट : रौतहट २ मा मोहम्मद अफताव आलम र रुपन्देही ५ मा भरत शाह विजयी", https://pahilopost.com, पहिलो पोस्ट, अन्तिम पहुँच १ नोभेम्बर २०२१ 
  2. संविधान सभा निर्वाचन पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
  3. "निर्णय नं. ८९४९ - उत्प्रेषण समेत", https://nkp.gov.np, नेपाल कानून पत्रिका, अन्तिम पहुँच १ नोभेम्बर २०२१ 
  4. "१२ वर्षअघिको हत्यामा सांसद आलम पक्राउ", https://annapurnapost.com, अन्नपूर्ण पोष्ट, अन्तिम पहुँच १ नोभेम्बर २०२१ 
  5. "मोहम्मद अफताव आलम बयान दिन तयार", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच १ नोभेम्बर २०२१