मोजी विन्डोज र म्याकओएसका प्रयोगकर्ताका लागि सृजना गरिएको एक अनलाइन भण्डारण सेवा थियो। यसमा लिनक्स समर्थन सन् २०१४ मा उपलब्ध गरिएको थियो।सन् २००७ मा मोजीलाई इएमसी निगमद्वारा अधिग्रहण गरिएको थियो र सन् २०१३ मा मोजीलाई, इएमसीको भण्डारण पुन: प्राप्ति प्रणालीको विभागको उत्पादन सूचीमा समावेश गरिएको थियो।[३] ७ सेप्टेम्बर २०१७ मा, डेलले इएमसी निगमको अधिग्रहण गरी डेल प्रविधिको गठन गरेको थियो।[४] १९ मार्च २०१८ मा कार्बोनाइटले मोजीलाई डेलबाट १४८.५ मिलियन अमेरिकी डलरमा नगद खरिद गरेको थियो र सन् २०१९ यसले मोजीका ग्राहकहरूलाई आफ्नो अनलाइन भण्डारण सेवा समाहित गर्दै मोजीको सेवालाई बन्द गरेको थियो।

मोजी
व्यवसाय प्रकार
कार्बोनाइटको सहायक कम्पनी
उद्योगअनलाइन भण्डार
स्थापितसन् २००५[१]
केन्द्रीय कार्यालय
उत्पादनहरूमोजी होम
मोजी प्रो
मोजी उद्यम
कर्मचारी सङ्ख्या
३०० (सन् २०१२)[२]
मूल सङ्गठनकार्बोनाइट
वेबसाइटmozy.com

इतिहास सम्पादन गर्नुहोस्

सन् २००५ मोजीलाई मूल रूपमा अमेरिकी फोर्कको युटामा अवस्थित बर्कले आँकडा प्रणालीहरूद्वारा सृजना गरिएको थियो। अक्टोबर २००७ मा, इएमसीले ७६ मिलियन अमेरिकी डलरको लागि मोजीका उत्पादन श्रृङ्खलाको साथ, बर्कले आँकडा प्रणालीको अधिग्रहण गरेको थियो।[५]

मोजीकोको प्रधान कार्यालय सियाटल, वासिङ्टनमा रहेको थियो, तथापि, यसका अधिकांश कर्मचारीहरू प्लिसेण्ट ग्रोभ, युटाको कार्यालयहरूमा कार्यरत थिए। [६]

सन् २००७ मा मोजीलाई इएमसी निगमद्वारा अधिग्रहण गरिएको थियो र सन् २०१३ मा मोजीलाई, इएमसीको भण्डारण पुन: प्राप्ति प्रणालीको विभागको उत्पादन सूचीमा समावेश गरिएको थियो।[४] १९ मार्च २०१८ मा, डेलले मोजीलाई कार्बोनाइटमा १४५.८ मिलियन अमेरिकी डलरमा बेचेको थियो। कार्बोनाइटले २०१९ मा मोजीका ग्राहकहरूलाई यसको आफ्नै अनलाइन भण्डारण सेवामा स्थानान्तरण गर्दै स्वतन्त्र संस्थाको रूपमा सेवा बन्द गर्ने योजनाको घोषणा गरेको थियो।

उत्पादन सम्पादन गर्नुहोस्

मोजीले तीजवटा प्रमुख उत्पादनहरूको सार्वजनिक गरेको छ जसमा मोजी गृह, मोजी प्रो, मोजी उद्यम समावेश छन्।[७]

मोजी गृह: मोजीको भण्डारण सेवाको उपभोक्ता संस्करण थियो जसलाई मासिक सदस्यतामा वा अन्य योजनाहरूमा खरिद गर्न सकिन्थ्यो।[८] जनवरी २०१२ मा मोजीले यसको नि:शुल्क बादल भण्डारण सुविधालाई सार्वजनिक परीक्षण संस्करणमा खोलेको थियो जसलाई मोजि ष्ट्यास नाम दिइएको थियो। मोजी गृहले पूर्व, प्रयोगकर्ताहरूलाई भण्डारण असीमित ठाउँको प्रस्ताव गरेको थियो। फेब्रुअरी २०११ मा उनीहरूले आफ्नो असीमित सेवा बन्द गरेका थिए र कति ठाउँ प्रयोग गरिएको छ सो अनुसार रकम उठाउन थालेका थिए।[९] [१०]

मोजी प्रो भण्डारण सेवाको व्यापारीक संस्करण थियो। मूल रूपमा सन् २००७ मा सुरू गरिएको, मोजी प्रोले मूल्य निर्धारण सन् २०१२ मा अद्यावधिक गरेको थियो। [११]

मोजी उद्यम सक्रिय निर्देशिका, प्रयोगकर्ता समूह (एक कम्पनीमा), र प्रयोगकर्ता अधिकारहरूमा प्रशासकीय नियन्त्रणको लागि समर्थन समावेश गर्ने ठूला सङ्गठनहरूका लागि सृजना गरिएको एक सेवा थियो।[१२] मोजीसँग ८०० भन्दा बढी उद्यम ग्राहकहरू रहेका थिए।[१३]

सबै मोजीका उत्पादनहरूका साथ, प्रारम्भिक भण्डारण पछि, मोजीले केवल फाइलहरूको नयाँ वा परिवर्तन गरिएको अंशहरूको भण्डारण गरेको थियो। स्वचालित रूप वा निर्धारित समयमा कम्प्युटर प्रयोगमा नभएको बेलामा यसले भण्डारण गर्दथ्यो। मे २०१० मा, मोजीले मोजी गृह २.० र मोजी प्रो २.० को सुरु गरेको थियो।[१४]

सन् २०१८ को सुरुमा, मोजीलाई यसको सबैभन्दा ठूलो प्रतिस्पर्धी, कार्बोनाइट निगमद्वारा अधिग्रहण गरिएको थियो।[१५]

पुनर्स्थापना सम्पादन गर्नुहोस्

सन् २०११ मा, मोजीले बादलबाट फाइलहरू पुन: प्राप्त गर्ने प्रक्रियालाई सरल बनाउनका लागि एक सफ्टवेयर उपकरण "पुनर्स्थापना प्रबन्धकको" सुरू गरेको थियो।[१६] प्रयोगकर्ताहरूले कुनै पनि फाइलको अन्तिम संस्करण पुन: भण्डार गर्न सक्दछन्।[१७]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. मोजी डटकम
  2. फरगुसन, जो (२६ जनवरी २०१२), "मोजीले सुशाङ्ख्य समक्रमण सुविधा थप गरेको छ", डिसेरेट News, अन्तिम पहुँच ४ मार्च २०१३ 
  3. "Darrell Gamble of Mozy Named a UBM Tech Channel's CRN 2013 Channel Chief for Second Year", प्रेस विज्ञप्ति, पिआर न्यूजवायर, अन्तिम पहुँच २०१३-०२-१९ 
  4. ४.० ४.१ किङ, रिचेल (७ सेप्टेम्बर २०१६), "Dell Closes $60 Billion Merger with EMC", द वाल ष्ट्रिट जर्नल, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६ 
  5. इएमसीको प्रेस विज्ञप्ति (अक्टोबर ४, २००७), "EMC Acquires Berkeley Data Systems, Provider of Mozy Online Backup and Recovery Services", अन्तिम पहुँच २००९-०४-०२ 
  6. युटा बिजनेस (डिसेम्बर १, २०१२), "काम गर्नका लागि उत्कृष्ट कम्पनीहरू", अन्तिम पहुँच २०१२-१२-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-१६ मिति
  7. क्रञ्चबेस (जनवरी १, २००८), "मोजी गृह / मोजी प्रो", अन्तिम पहुँच २०१०-०८-३० 
  8. PCMag.com "मोजीले समक्रमण सेवा ष्ट्यासको प्रक्षेपण गरेको छ" (२५ जनवरी २०१२) https://www.pcmag.com/article2/0,2817,2399327,00.asp
  9. हरेल कोडेस (फेब्रुअरी १, २०११), "मोजी गृहको नयाँ योजना", अन्तिम पहुँच २०११-०२-०२ 
  10. द रजिष्टर (Feb २, २०११), "MozyHome stiffs unlimited users" 
  11. नगेल, एरिक (२०१२-०४-१०), "सन् २०१२ का मोजी प्रोका अद्यावधिक मूल्यहरू", अन्तिम पहुँच २०१३-०३-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  12. निडलम्यान, टेड (२०१३-०७-०८), "मोजीको समीक्षा", नोटबुक रिभ्यु, अन्तिम पहुँच ११ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-१५ मिति
  13. वेक्स्लर, ष्टिभ (२०१३-०७-१०), "Backup to the Future: EMC Backup Blitz Product Details", आइटि-टिएनए, अन्तिम पहुँच १० जुलाई २०१३ 
  14. टेक क्रञ्च (२०१०-०५-१९), "Mozy unveils MozyHome 2.0, MozyPro 2.0 on Windows for faster backup", अन्तिम पहुँच २०१०-०८-३१  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१८ मिति
  15. "Carbonite Closes Acquisition of Mozy, Inc. from Dell Technologies Inc." 
  16. http://mozy.com/news/releases/mozy-makes-remote-file-access-simple-for-home-business-users/
  17. http://mozy.com/backup/restore

बाह्य कडीहरू सम्पादन गर्नुहोस्