मेवाहाङ जातिको पहिचान

मेवाहाङ जातिको पहिचान

१.पृष्टभूमी

   हाम्रा आदी पिता÷प्रथम पुरुषको नाम मेवाहाङ थियो । त्यसैनाम जातमा परिणत भएको हो मेवाहाङजाती र शिलिचोङ मेवाहाङ भाषाबाठ राखिएको पहाड÷हिमालको नाम हो । आग्रज हरुको लिखित र मौखिक ईतिहास अनुसार छाकुवाका चारभाई छोरा मद्धे माइला छोरा मेवाहाङ थिए । अरुण नदीको आसपासमा कर्मथलो बनाई आवद गरेको मेवाहाङ जाती हौँ ।पञ्चायती काल भन्दा पहिला यो क्षेत्र मेवाहाङको किपोट थियो । किपोट क्षेत्र भित्र मेवाहाङ बाहेक अन्य जनजातीले राजिनामा लिएर स्थाईत्वा प्रप्तगर्न सक्दैनथे । ऐजन ढाक्रे (ऐलनी सरह) बसोबास गर्दथ्यो । जो जस्को जहाँ किपोट थियो, किपोट (जमिन)को मालिक भएकोले उनिहरुलाई जिमी पनि भनिन्थ्यो भने मेवाहाङको शाब्दिक अर्थ ः— आगो र पानीसँग बिजय प्रप्त गर्ने सहासी शासक मि=आगो, वा=पानी, हाङ शासक (राजा) हो । अर्थात— सप्तुलुङ (तिन चुलाढुंगाको÷अगेना) र चावा (पिउनेपानी) पूज्यगर्ने जाती मेवाहाङ हो ।

जस्ले जे भनेपनि जेठा खम्बू र साइँला लिम्बू भन्दा पृथक जातीमा पर्ने माईला मेवाहाङबाटै अन्य जातमा परिणत भएका याम्फू, लोहोरुङ, याख्खा, र आठपहरीया हुन् । भाषा, सँस्कार, भुगोल, भेष–भुषा र लिखित ईतिहास हेर्दा यी जातीहरु नजिक रहेको पाईन्छ । कहिले कसरी छुट्टिए भन्नेकुरा खोज गर्न जरुरी छ । हुनत जेठा खम्बुहाङको सन्तान पनि धेरै जात–जातीमा परिणत भएकैहो— कुलुङ, थुलुङ, खालिङ, बाहिङ, चाम्लिङ, बन्तवा, साम्पाङ, नाछिरिङ, आदी उनिहरुको भाषा, सँस्कार, छुट्टै पहिचान बनाएको छ । जानेर हो वा नजानेर  मेवाहाङकै पाछा भनिएकाहरु साम, लिम्खिमपनि राज्यको गणना २०६८ मा छुट्टैजात हुनलागेको पाईन्छ । तर उनिहरुको भाषा संस्कार छुट्टै छैन त्यसैले उनिजरु मेवाहाङ कै एक पाछा हो । कतिपय मेवाहाङहरु अरुण पूर्व बसाँई सरीजानेहरु लोहोरुङ र याम्फू जातिमा बिलय भएको बुझिन्छ ।

नेपाल भौगोलिक बिविधताले सुसम्पन्न भूपरिवेष्ठित, सर्बभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको राष्ट्र हो । यो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसँस्कृतिक विशेषतायुक्त, समान आकांक्षा र नेपालको स्वातन्त्र, अखण्डता, राष्ट्र हित तथा सम्बृद्धि प्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध, एक स्वतन्त्र, अविभाज्य, सर्वभौम सत्ता सम्पन्न, धर्मनिरपेक्ष, समाबेशी र पुर्ण लोकतान्त्रिक राज्य हो । पृथ्वीनारायण शाहद्वारा एकीकृत नेपाल अधिराज्य बि.सं. १९०३ देखि २००७ सम्म १०४ वर्ष राणहरुको शासनकाल २००७ साल पछि २००४६ सम्म ३९ वर्ष पञ्चायत काल २०६२ सम्म बहुदलीय प्रजातान्त्रिककाल र २०६३ देखि लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिमा आधारीत ब्यवस्थामा हुर्कदै आई रहेको देश हो । नेपाल अधिराज्यको संबिधान २०४७ देखि सबै जातिहरुले आफ्न समाजिक, आर्थिक, धार्मिक तथा जातिय अनुसन्धान, सम्बर्धन तथा विकासको लागि अग्रसर रहन अवसर प्रप्त हुँदैआएको छ ।

    नेपालको आन्तरीम संबिधान २०६३ को धारा ३४ को उप–धारा (५) अनुसारका राज्यका निर्देशन सिद्धान्तका समाजिक उदेश्य तथा धारा ३५ को उप–धारा (३), (१०) र (१४) अनुसारका राज्यका नीतिहरु अनुरुप राष्ट्रिय एकतालाई सुदृढ गर्ने, र सकारात्मक विभेदका आधारमा बिशेष ब्यवस्था अवलम्बन गर्ने उल्लेख गरिएको छ ।

     हरेक जात÷जाति, वर्ग, तथा समुदयाले आ–आफ्ना जाति, धर्म, संस्कार, रीति, रिवाज आदिको खोजी गर्न अपरिहार्य भएको हुँदा मेवाहाङ जाति एक अल्पसंख्क समुदाय हुनका साथै जाति समुदायबाट पनि खोजी कार्य गर्न असमर्थ रहेको र नेपाल लगायत बिदेशका इतिहासकारहरुले पनि नेपालका शासन पद्धति, शासक, बुर्जुवाबर्ग तथा केही सिमान्तकृतवर्गको मात्र अभिप्रयमूखी वर्णन गरेको आज सम्मको पृष्टभूमीले दर्शाएको छ ।

   आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा आदिबासी जनजाति भन्नाले आफ्नो मातृ भाषा भएको, छुट्टै भूगोल भएको, परम्परागत रीतिरिवाज भएको छुट्टै संस्कृतिक पहिचान भएको, छुट्टै समाजिक संरचना र लिखित वा अलिखित इतिहास भएका परिभाषा अनुसार सबै जातिले राज्य सँग आफ्नो अस्तित्व खोज्ने अधिकारबाट बञ्चित हुन नपरोस भन्ने किरात मेवाहाङको आग्रह र उदेश्य छ ।

आदिबासी जनजाति वा अन्य जात÷जातिहरु कुनैपनि वर्गहरुको जाति तथा थर हरुलाई नियाल्दा मुख्य वर्ण काम काजको विवरण र बसोबास गरेको ठाउँ विशेषको आधरमा पाईन्छ । जस्तै वर्णाश्रमको आधरमा ब्राह्मण÷क्षेत्री, कामको आधरमा लिम्बु÷आठपहरे, पदको आधरमा राई, शुब्बा र मुखिया बसोबास÷ठाउँको आधरमा नेवार÷याख्खा÷कुलुङ÷लिम्खीम् आदि जातिहरु भएका तथ्य हाम्र सामु बिद्यमान छ । जस्तै कुनैपनि जात तथा थरहरु प्राणिको सृष्टिकाल देखि बनिएर आएका होईनन् । समय सापेक्ष विकास हुँदै आएको हो । मेवाहाङ पनि यस्तै आचरण बाट बिकसित भएको किरात भित्रको एउटा जात हो । पहिचानको लागि सुनलाई कसी र जातलाई दसी चाहिन्छ, तसर्थ मेवाहाङ जातिलाई पहिचान गराउनका लागि परिभाषामा उल्लेख भए अनुसारका निम्न अनुसार दसीको रुपमा प्रष्ट्याईएको छ । भाषा, धर्म, सँस्कार (जन्म, न्वारान, पास्नी, छेवर, बिवाह र मृत्यू) सँस्कृती, सामाजिक संरचना, थात÷थलो आदी उदाहारणिय दसी पाईन्छ ।

किरातीहरुमा थरै पिच्छे प्रत्येक पाछाको अलग–अलग उप–थरहरु हुन्छन् । मेवाहाङहरु यसलाई दोप्सिनीÞङ÷सामेअ् भन्छ र प्रत्येक थर सँगै दोप्सिनीÞङ÷सामेअ् जोडिएको हुन्छ । दोप्सि र नीÞङ दुईटा शब्द मिलेर बनेको संयुक्त शब्दलाई दोप्सिनीÞङ÷सामेअ् भनिन्छ । दोप्सिको अर्थ पुकार्नु÷सम्बोधन गर्नु र नीÞङको अर्थ नाम हो । अर्थात पुर्खाको गोत्रा र मूलप्रबृत्ति हो । हाल सम्म संकलन भएका मेवाहाङहरुको पाछा ५७ थरको रहेको छ । मेवाहाङ जातिमा विवाहगर्दा, देव–देवताको पुजागर्दा, मर्दा–पर्दा वा जातिय सँस्कारगर्दा पाछा वा थर पुकारीँदैन । अर्थात सम्बोधन गरिँदैन । यसतो जातिय सँस्कार सँस्कृतिकोकाममा दोप्सिनीÞङ÷सामेअ् सम्बोधन गरिन्छ अर्थात पुकारिन्छ । अर्को शब्दमा भन्नेहो भने दोप्सिनीÞङ÷सामेअ् भनेको खान्दानको परिचय हो । दोप्सिनीÞङ÷सामेअ् राख्दा त्यस वंशमा देखिएका ब्यबसाय, चरित्र, आचरण, ब्यवहार आदि कुराहरु झल्कने गरी राखिएको पाईन्छ । त्यसकारण दोप्सिनीÞङ÷सामेअ् भित्र सामुहिक परिचय अंकित भएको हुन्छ ।

मातृ भाषा—

      किरात मेवाहाङ्को मातृ भाषा मेवाहाङ भाषा हो । ५७ पाछा भन्दा बढी मेवाहाङहरुले एउटै भाषा बोलिने गरिन्छ । मेवाहाङले अफ्नो थात÷थलो, नदि÷नाला, हिमाल÷पहाड, वन÷जंगल र गाउँ÷ठाउँको नाम मेवाहाङ भाषा बाटै राखेको बिध्यमान छ । नाम(शब्द)को अन्तिम अक्षर ‘वा र ङ’ जोडिएकोबाटै मेवाहाङले अवाद गरी आएको वा मेवाहाङ भाषाबाट नामाकरण भएको प्रमाणित हुन्छ । जस्तै ः—नदीहरू— ‘रुयीयुवा, (अरूण) छुक्छुयुवा, (बरुण) मयुवा (सप्ताकोशी)।

खोला–नाला तथा पानीको मुहानहरु— लेगुवा, मांमावा, चानुवा, केँवा, हेँवा, संखुवा, सोभावा, पिलुवा, अप्सुवा, काँसुवा, ईर्खुवा, चिर्खुवा, बगुवा, पिखुवा, केक्सुवा, चंदुवा, शिसुवा, खोङलुवा, बेङखुवा, चेखोङवा, ब्रुङवा, छिंखुवा, धेवा, ताप्खोङवा, तोमावा आदी ।

गाउँ तथाजमिनहरू— माङ्तेवा, दोग्बेवा, हिङवा, मझुवा, हेलुवा, चेपुवा, लेगुवा, चेवा, सालेवा, तिवा, लाकुवा, खाबेअ्वा, पाअ्वा, बड्गुवा, माघुवा, छिंखुवा, रुदुवा, खुर्दुवा, पिसुवा, लिम्खिम÷लुङखिम, दिदिङ, दिङला, साङराङ, बोम्लिङ, रियाङ्, माङदिङ, वालुङ, कुलुङ, छोयेङ, याङदेङ, वालेङ, वाङटाङ, बेन्छोङ, खराङ, खेसाङ, आम्राङ, खुकु–छिन्ताङ, मेम्पाङ, याम्दाङ, आला–उलीङ, चित्लाङ आदी । यो मेवाहाङ बाहेक अरु जातिय भाषा सँग मेल खाँदैन र अरुणउपत्यका आस–पासको स्थान, नदी–नाला र हिमालको नाम सँग अरु नेपाल अधिराज्यभर मेल खाँदैन ।

पहाड तथा हिमालहरू– सिलिचोङ्, बुकुरचोङ्, माक्पालुङ्, चोमोलुङमा (अहिलेको सगरमाथा नाम परिवर्तन) हुन् । यो नाम परिवर्तन पनि हिन्दुकरण गरी किरात मेवाहाङको पहिचान मेटाउने षडयन्त्र हो भन्न सकिन्छ ।

गौरव मान्नुपर्छ हाम्रा पूर्खाहरूकत्ति वैज्ञानिक थिए । भाषाको बिकाश सँगै यो गाउँ÷ठाउँ, पानी÷पँधेरो, खोला–नाला, हिमाल र पहाडको नाम मेवाहाङ भाषाबाट राखियो यो नाम अर्थपूर्ण छ । यसैबाट प्रत्यक्ष प्रमाणित हुन्छ कि मेवाहाङहरू यहाँका आदिवासी÷मुलबासी किरात हो र अरुण उपात्यकामा अवस्थित संखुवा–सभा र भोजपुर जिल्लाका उत्तरी क्षेत्र मा पर्ने षडानन्द नगरपालिका, सिलिचोङ, साल्पा सिलिछो र मकालु  गाउँपालिका आसपासमामेवाहाङ पूर्खाहरूले छाडेको सम्पदाहरुवादसी÷प्रमाण विध्यमान स्थापित छ । उद्गम थलो अरुण उपत्यका भए पनि मेवाहाङहरु आ–आफ्नो जिविकोपार्जनको शिसिलामा भुटान, बर्मा, हङकङ, बेलायत, र भारतको आस्साम, मणिपुर, दार्जेलिङ, सिक्किममा फैलिन पुगेको छ भने नेपालका बिभिन्न ८ जिल्लामा स्थपित छ ।

     प्रदेश तथा स्थानीय तथा प्रदेश नं—१ को भाषिक तथ्याङ्क २०७५ अनुसारनेपालमा निम्न ८ जिल्लाको बिभिन्न नगर तथा नाउँपालिका मा मेवाहाङहरुको बसोबास रहेको छ ।

१.संखुवा सभा जिल्ला— सिलिचोङ गाउँपालिका, चिचिला गाउँपालिका, मकालु गाउँपालिका, सभापोखरी

गाउँपालिका, खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका ।

२. भोजपुर जिल्ला— षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिका ।

३. सुन्सरी जिल्ला— धरान उप महा नगरपालिका, बराहक्षेत्र गनरपालिका, रामधुनी नगरपालिका, ईटहरी

उप महानगरपालिका ।

४. मोरङ जिल्ला— बेलबारी नगरपालिका, पथ्री शनिश्चरे नगरपालिका, सुन्दरहरैचा नगरपालिका,

सुनवर्षी नगरपालिका, बुढीगङ्ग गाउँपालिका, कानेपोखरी गाउँपालिका, केराबारी

गाउँपालिकार रंगेली गाउँपालिका ।

५. झापा जिल्ला— भद्रपुर नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, मेचिनपर

नगरपालिका, झापा गाउँपालिका, र कमल गाउँपालिका ।

६. धनकुटा जिल्ला— साँगुरीगडी गाउँपालिका ।

७. ओखलढुंगा जिल्ला— मानेभञ्ज्यङ गाउँपालिका ।

८. उदयपुर जिल्ला— कटारी नगरपालिका ।

(प्रदेश नं २. र काठमण्डौमा रहनुभएका यसमा समाबेश छैन) ।

अहिले सम्मको प्राप्त तथ्याङ्क अनुसार मेवाहाङको थर (पाछा)५७ रहेको तालिका तल हेर्नुहोस ः

१) ओङलुङ देक्छेङ्, २) फित्लुङ देक्छेङ, ३) ओयोग देक्छेङ, ४) ईछोङमा, ५) उछोङमा, ६) कयुङ्,       ७) कयुङछा, ८) केत्रा, ९) केत्तारा १०) खाईचोङ, ११) खावाहाङ, १२) खुवाङ् १३) ङोरी, १४) ङोरुहाङ १५) चपेन्, १६) छुकुवा, १७) ताप्कूतेम्मोरा, १८) तेङा, १९) तेम्मोरा, २०) तेम्मोर्छा, २१) तेम्मोर्छोङ, २२) थोकनाम्, २३) देक्छेङ, २४) पापुङ, २५) पोयोङ्, २६) फित्लुङ्, २७) बालतेम्मोरा, २८) बीÞक्सीÞक्, २९) बोप्ताङ्, ३०) बुङलावा, ३१) मालुङ्, ३२) मेम्पाङ्, ३३) युम्पाङ्, ३४) याङ्दोक्छोङ्, ३५) योक्छारुङ्, ३६) लाक्छावा, ३७) लाङ्छावा, ३८) लाङ्छोङ्, ३९) लाक्फेवा, ४०) लाम्दाकाअ्वा, ४१) लिम्खिम्,     ४२) लुम्लुमा, ४३) लेन्दा, ४४) वालुङ्, ४५) साम्बेवा, ४६) सलेवा, ४७) सिंलेगा, ४८) सेलेक्छा, ४९) ईछुङ, ५०) खाईचोङ्, ५१) खावाङ्, ५२) मझुवाली, ५३) रुङमी, ५४) योङनाप्ला, ५५) छेप्छोहाङ्, ५६) बाला,  ५७) साम आदि ।