'मुक्ति संघर्ष'

यो ०४६ सालको जनआन्दोलमा आधारित नेपालको प्रथम राजनीतिक फिल्म हो । यसको मुख्य शन्देश आन्दोलनले पूर्णता पाएन भन्ने र संघर्ष अझै जारी छ भन्ने रहेको छ । यसको कथा, पटकथा, संबाद, गीत, संगीत, निर्देर्शण र सहनिर्माण डा. कविताराम श्रेष्ठ को थियो । यो फिल्म ०४७ सालमा बन्यो र ०४८ सालमा ६ वटा राष्ट्रिय पुरस्कारहरू (उत्कृष्ट कथा, उत्कृष्ट चरित्र अभिनय (पुरुश), उत्कृष्ट चरित्र अभिनय (स्त्री), उत्कृष्ट सम्पादान, उत्कृष्ट द्वन्द्व निर्देशन) पाएको थियो । सथै उत्तर कोरियामा १९९४ मा आयोजित "फोर्थ इन्टरनेसनल फिल्म फेस्टिभलमा "एसिया अफ्रिका सोलाडिरिटी अवार्ड" भन्ने अन्तर्राष्ट्रिय पुरस्कार समे हासिल गर्न सफल भयो । भने उनले अभिनयसमेत गरेथे । यसले पाएका ६ वटा उत्कृष्ट पुरस्कारमा उत्कृष्ट कथा र उत्कृष्ट अभिनयको लागि डा. कविताराम श्रेष्ठ स्वयमले हासिल गरेका थिए । यसमा डा. कविताराम श्रेष्ठले पीडित लाउरेको क्रान्तिकारी भूमिका अभिनय दिएका थिए ।

यो फिल्मलाई तत्कालीन सयुक्त जनमोर्चा (हालका नेकपा एकीकृत माओवादी) का भात्री सङ्गठनहरूले पार्टी जनयुद्ध सुरु गर्नअघि जनचेतना जगाउने कार्यक्रमहरूमा शैक्षिक सामग्रीको रूपमा प्रयोग गरेका थिए । यो ३ घण्टाको फिल्म हो र युट्युवमा जम्मा ८ भागमा प्रस्तुत छन् ।