मीना पाण्डे

संविधानसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसकी सभासद‍ मिना पाण्डे महिलाको प्रतिनिधित्व गर्नुहुन्छ। जनमत संग्रहका बेला २०३५ सालमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघबाट उहाँले राजनीति सुरू गर्नुभएको हो।

जनमत सङ्ग्रह पछि उहाँ एक वर्ष जेल पर्नुभएको थियो।

प्रजातन्त्र पुनस्थापना पछि भएका २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा उहाँ विजयी हुनुभएको थियो। उतिबेला उहाँ महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पनि बनन्भयो।

देबकुमारी खड्का र भक्तबहादुर खड्काकी छोरी पाण्डेका श्रीमान यज्ञबहादुर पाण्डेको निधन भइसकेको छ। २०५६ सालको संसदीय निर्वाचनमा पराजित हुनुभएकी उहाँ स्थायी रूपमा राजधानीमा बस्दै आउनुभएको छ।

राजा ज्ञानेन्द्रको सक्रिय शासनका बेला ६ महिना जेल पर्नुभएकी पाण्डे आफ्नो निरन्तरको संघर्षले नै संविधानसभामा पुर्‍याएको बताउनुहुन्छ। उहाँको नेपालमा प्रजातन्त्रको स्थायित्व गराउने र महिला हक अधिकारलाई संविधानमा नै निश्चित गराउने लक्ष्य छ।

[१]

सन्दर्भ सम्पादन गर्नुहोस्