प्राचीन मिश्रको सभ्यता

(मिश्रको सभ्यता बाट पठाईएको)

विश्वको प्राचीन सभ्यताहरू मध्ये मिश्रको सभ्यतालाई प्राचीनतम् सभ्यता मानिन्छ । मिश्रको सभ्यता संसारको सबैभन्दा पुरानो सभ्यता मानिन्छ । यो सभ्यताको विकास नील नदीको किनारमा विकास भएको थियो । इतिहासकार प्रोफेसर फ्लीन्डर्स पेट्रीका अनुसार मिश्रको प्राचीन सभ्यताको उदय ईसा भन्दा पनि १०,००० वर्ष पहिलेनै भइसकेको थियो । मेसोपोटामियाको सभ्यता जति पुरानो छ त्यति नै पुरानो मिश्रको सभ्यता भएको इतिहासकारहरूको भनाइ तथा तर्क रहेको छ । प्राचीन मिश्रको सभ्यताको संस्थापक एक जातिको नभएर अनेक जाति मिलेर भएको हुनसक्छ भन्ने पनि इतिहासकारहरूको तर्क रहेको छ । प्राचीन मूल बासीहरूको विषयमा इतिहासकारहरूमा मत भिन्नता रहेता पनि यो सभ्यताका जन्मदाताका रूपमा इथोपियन, लिबियन, सिरियन र सिमेटिक जातिहरू हुन् भन्ने विचारमा इतिहासकारहरूको सहमत रहेको छ । प्राचीन मिश्र प्राकृतिक तथा भौगोलिक दुवै दृष्टिकोणले चारैतिरबाट सुरक्षित रहेको थियो । त्यसै कारणले मिश्रको सभ्यता विध्नबाधा नभई लामो समयसम्म भइ नै रह्यो ।

विभाजित युगहरूसम्पादन

इतिहासकार पेट्रिको भनाइ अनुसार ``मिश्रको प्राचीन सभ्यताको इतिहासको आरम्भ ईसा भन्दा १०,००० वर्ष भन्दा पहिले भइसकेका थियो ।´´ ता पनि मिश्रको विधिवत् तथ्यपुर्ण इतिहासमा ईसाभन्दा ३४०० वर्ष पहिलेदेखि नै इतिहासकारहरूलाई प्राप्त हुन सक्यो ।

पिरमिड युग (३४०० ई.पु. देखि २५०० ई.पु.)सम्पादन

ईसा भन्दा ३४०० वर्ष पहिले पहिलोपटक मेनिस नामक फारो सम्राटले उच्च र निम्न मिश्रलाई एकीकरण गरेर बृहत राज्य कायम गरेका थिए र मेम्फिसलाई राजधानीमा बनाएको थियो । मिश्रको इतिहासमा मेनिसद्वारा स्थापना भएको राजवंश नै मिश्रको पहिलो राजवंश थियो । मिश्रको सम्राट राजवंशबाट फारो वा फैराओको पदले विभुषित हुन लागे । यहि फैराओ सम्राटहरूले आफ्नोआफ्नो शासनकालमा अनेकौँ पिरामिडहरूको निर्माण गरे ।ई.पु. ३४०० देखि ई.पु. २५०० सम्ममा पाँच राजवंशले शासन गरे । त्यहि पाँच राजवंशको ऐतिहासिक शासनकाललाई हाल पिरामिडको युगको नामबाट चिन्न सकिन्छ ।

पिरामिड युगमा हजारौं हजार पिरामिडहरूको निर्माण भएको थियो । वास्तवमा यहाँ रहेको सम्पुर्ण पिरामिडहरूलाई चिहानका रूपमा लिन सकिन्छ । यहाँ रहेको पिरामिडहरू मध्ये सबैभन्दा ठूलो पिरामिडका रूपमा गिजाको पिरामिडलाई लिन सकिन्छ । यो पिरामिडको उचाई ४८३ फिट र लम्बाई ७६५ फिट रहेको छ । यो भव्य र विशाल पिरामिड निर्माणको लागि १ लाख मजदुरहरूलाई २० वर्षसम्म अथम मिहिनेत गरेका थिए, भन्ने अनुमान गरिन्छ ।

सामन्त युग (२४०० ई.पु. देखि १८०० ई.पु.)सम्पादन

पिरामिडको युगको अन्त्य वा समाप्ति पश्चात् मिश्रमा अराजकता, अशान्ति र तनाबको वातावरण सृजना भएको थियो । यसै बीचमा एक सामन्तले एघारौँ राजवंशको स्थापना गरी शासनको बागडोर सम्हाल्दै थिब्समा आफ्नै राजधानी बनाए, फेरि एकपल्ट मिश्रमा कानुन, व्यवस्था र नियमपालना गर्ने कार्य सुरू भयो । तर, एउटा मन्त्रीले यो एघारौँ राजवंशको शासन, शक्ति र सत्तालाई चुनौती दिएर आफूले नै शासनको बागडोर सम्हाल्यो । उसलेनै प्राचीन मिश्रमा बाह्रौँ राजवंशीको सामन्ती राजको स्थापना गराएका थिए ।

साम्राज्य युग (१८०० ई.पु. देखि १००० ई.पु.)सम्पादन

प्रशासनीक पद्धतिसम्पादन

प्राचीन मिश्र दुई भागमा विभाजित रहेको थियो । पहिलोलाई तल्लो मिश्र र दोस्रोलाई माथिल्लो मिश्र भन्ने गरिन्थ्यो । उत्तरी मिश्रको डेल्टाको छेउछाउको भागलाई तल्लो र दक्षिणी भागलाई माथिल्लो मिश्र भनिन्थ्यो । तल्लो मिश्र माथिल्लो भन्दा समृद्धशाली रहेको थियो । करिब ई.पु. ३४०० मा माथिल्लो मिश्रका राजा मेनिजले मिश्रको एकीकरण गरेका थिए । भने यिनै राजाले मिश्रमा विशाल सहर निर्माण गरेका थिए । यश सहरको नाम मेम्फिस राखियो । त्यसपछि यसलाई मिश्रको राजधानी बनाइयो । पन्ध्र सय वर्षसम्म मेम्फिस मिश्रको राजधानीको रूपमा रहेको थियो । राजा मेनिजका वंशले र त्यसपछि दोस्रो वंशले मिश्रमा चार सय बीस वर्ष राज्य गरेका थिए । यो अवधिभर मिश्रमा जम्मा अठार जना राजाहरूले राज्य गरेका थिए ।

नील नदिको देनसम्पादन

 
मिश्रको प्राचीन सभ्यताको नक्शा

भनिन्छ सायद नील नदि यदि नभएको भए मिश्रको सभ्यताबारे नामोनिसाना हुदैनथ्यो । त्यसैले पनि प्राचीन मिश्रको सभ्यताको उदयको लागि नील नदिको ठूलो योगदान रहेको छ । यस नदीले आफ्नो महत्त्वपूर्ण प्राकृतिक सम्पदाले मिश्र सभ्यतालाई प्रभाव पारेको थियो ।

नील नदीको सहयोगले नै आधुनिक मिश्रको निर्माण भयो । मिश्रको निर्माण हजारौं वर्षदेखिको क्रमिक प्रयासले भएको हो । नील नदीको बाढीले मिश्रको सम्पूर्ण भूभागलाई सिंचाइ गरिरहन्थ्यो । नील नदीले आफ्नो किनारको टाढा टाढासम्मको भूभागलाई कालो र उब्जाउपुर्ण मैदानको रूपमा परिणत गरिरहन्थ्यो । नील नदीबाट नहर बनाएर टाढाटाढाको खेतहरूमा सिँचाइ गरिने गरिन्थ्यो ।

सभ्यता र संस्कृतिसम्पादन

राजनीतिक अवस्थासम्पादन

प्राचीन मिश्रको राजनीतिक अवस्था अत्यन्तै राम्रो सुदृढ थियो । मिश्रका शासकलाई फैराओ भनिन्थ्यो । राजानै सर्वोच्च शासक, सेनापति र धर्म गुरु हुन्थे । फैराओ तथा राजालाई ईश्वरको प्रतिनिधि मानिन्थ्यो र उसको शासन दैवी सिद्धान्तमा आधारित हुन्थ्यो । शासकको घोषणा नै राज्यको कानुन बन्न पुग्थ्यो । राज्यको सम्पुर्ण भूमि र जनशक्तिको स्वामी शासक हुने गर्दथे । वैदेशिक सम्बन्ध स्थापना गरेने अधिकार उसैमा निहित हुने गर्दथ्यो। युद्ध, शान्ति, सुरक्षा व्यवस्था र सन्धि गर्ने सर्वोच्च अधिकार राजामानै निहित थियो ।

शासन पद्धतिको स्रोत पनि सम्राट नै हुन्थे । मिश्रमा कुनै न्याय व्यवस्था थिएन । तर मिश्रको सैनिक सङ्गठन भने निकै राम्रो थियो । मिश्रमा थल सेना र जल सेना रहेको थियो र दुवैको आफ्नो क्षेत्रमा बाहुल्यता थियो । मिश्रको विशाल साम्राज्य संगठित स्नाकै भरमा निर्भर थियो ।

आर्थिक अवस्थासम्पादन

 
मिश्रको पुरानो पोशाकमा

मिश्रबासी जनताको मुख्य जीविका नै कृषिमा निर्भर रहेको थियो । कृषि उत्पादनमा नै जनताको अर्थ व्यवस्थाको आधार हुन्थ्यो । नहरहरू निर्माण गरेर कृषिको विकास गरिएको थियो । मिश्रमा मजदुर र दासहरू कृषि कार्यमा संलग्न हुने गर्दथे ।

सामाजिक अवस्थासम्पादन

धार्मिक अवस्थासम्पादन

साहित्य र लेखकको विकाससम्पादन

कला कौशलसम्पादन

शिक्षा र विज्ञानसम्पादन

खगोल शास्त्रसम्पादन

महिलाको स्थानसम्पादन

खेलकुदसम्पादन

धर्मको स्थानसम्पादन

विश्व सभ्यतामा देनसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन