प्रा.डा.माधवप्रसाद पोखरेल (२००५)को जन्म कोशी अञ्चल अन्तर्गत सुनसरी जिल्लाको विजयपुरमा भएको हो । उनले भाषाविज्ञानमा विद्यावारिधि गरेका छन् । उनी त्रिभिवन विश्वविद्यालयमा धेरै वर्ष प्राध्यापन गरी केही वर्षअघि मात्र निवृत्त भएका हुन् । नेपालका भाषाविद्हरूमा पोखरेल अगुवामा गनिन्छन् ।

कृतित्व सम्पादन गर्नुहोस्

२०२८ तिर धरानबाट निस्कने गरेको विजयध्वनि पत्रिकामा प्रकाशित संस्कृत शब्द चिन्ने तरिका लाई पोखरेलको पहिलो रचनाका रूपमा लिइन्छ । पोखरेलका अन्य कृतिहरू यसप्रकार रहेका पाइन्छन् ः

  • वाक्यस्तरीय व्याकरण (२०५३),
  • नेपाली वाक्यव्यारण (२०५४),
  • मेरो मान्छे (निबन्ध २०५४),
  • ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनि परिचय (२०५७),
  • नागदहको स्थिति (निबन्ध २०५९),
  • गार्गीको गाँठो (निबन्ध सङ्ग्रह २०६२),
  • नेपाली साहित्यकोश (.सम्पादन २०५५),
  • जनकलाल शर्माका निबन्ध (सम्पादन २०५८),
  • लिम्बू-नेपाली-अंग्रेजी शब्दकोश (सम्पादन २०५९),
  • गोरखापत्रका एकसय एक निबन्ध (२०५९),

पुरस्कार/सम्मान सम्पादन गर्नुहोस्

  • महेन्द्र विद्याभूषण (सन् १९९७),
  • डा.गणेश भण्डारी पुरस्कार (२०५६),
  • जापान फाउन्डेसन फेलोसिप अवार्ड(सन् १९९४),
  • वाणी पुरस्कार (२०६१),
  • गद्दी आरोहण रजत महोत्सव पदक (सन् १९९७),
  • रिमाल सम्मान ( २०५४) । [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. प्रभात, विष्णु (२०७०), साहित्यकार-कलाकार परिचयकोश, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

नेपाली साहित्यको इतिहास